जितियाको मुर्ति सेलाएर फर्केको गाडी दुर्घटना : एक जनाको मृत्यु
![जितियाको मुर्ति सेलाएर फर्केको गाडी दुर्घटना : एक जनाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/dead_20190729113216_hMyw3zDKSb.jpg)
राजविराज : सन्तानको दिर्घायुका लागि निष्ठापूर्वक मनाइने जितिया पर्वको समापन गर्दै जिमुतवाहनको मूर्ति नदीमा सेलाएर घर फर्किंदा दुर्घटनामा परेका एक जनाको मृत्यु भएको छ।
सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा घाइते सप्तरीको अग्निसाईर कृष्णसवरन गाउँपालिका–६ का ५० वर्षीय नारायण मोचीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिमुतवाहन भगवानको माटोको मुर्ति कोशी नदीमा सेलाई घर फर्किरहेको स १ च १६६३ नम्बरको पिकअप बोलेरो गाडी घरनजिकै आएपछि अनियन्त्रित हुँदा मोची घाइते भएका थिएँ। दुर्घटनामा बोलेरोमा सवार अग्निसाईर कृष्णसवरन गाउँपालिका–६ का १६ वर्षीय सुजन साह, ४२ वर्षीय सन्तोष विश्वकर्मा, २८ वर्षीय सुरेन्द्र ठाकुर, २४ वर्षीय सन्तोष साह, २० वर्षीय रामअवतार साह र ५० वर्षीय रामचन्द्र राम घाईते भएका छन्। उनीहरुको उपचार भइरहेको छ।
दुर्घटनाग्रस्त बोलेरो गाडी प्रहरीको नियन्त्रणमा रहेको डिएसपी माधवप्रसाद काफ्लेले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)