भाइरल ज्वरोका बिरामी बढे

भाइरल ज्वरोका बिरामी बढे

नुवाकोट : रसुवामा सिजनल भाइरलका बिरामी बढेका छन्। पाँच गाँउपालिका रहेको रसुवाका नवजात शिशुदेखि वृद्धवृद्धहरूसम्ममा सिजनल फ्लु देखिएको छ। स्वास्थ्यकर्मीहरूका अनुसार उनीहरूमा एन्टिजेनमार्फत गरिएको कोरोना परीक्षणमा भने नेगेटिभ पाइएको छ। रसुवाको जिबजिबे ग्रामीण अस्पताल, रसुवा अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरूमा सिजनल फ्लूका बिरामीहरू बढेका छन्। 

कडा खालको ज्वरो आउने, खोकी लाग्ने, निमोनिया देखिने, सास फेर्न गाह्रो हुने, घाँटी दुख्ने, वान्ता हुनेलगायत समस्या देखिएका बिरामीहरू आउने गरेको जिल्लाका स्वास्थ्य संस्थाहरूले बताएका छन्। यस्ता समस्या लिएर अस्पताल आउनेमा अधिकांश बालबालिका रहेका छन्। 

अस्पतालका अनुसार १७ दिनको शिशुसमेत सास फेर्न गाह्रो हुने, खोकी लाग्नेलगायतको समस्याले अस्पताल भर्ना भएका छन्। ती शिशुको तीन दिनदेखि अक्सिजन दिइ उपचार गरिएको चिकित्सकहरुले बताए।

हाल दुई वर्षसम्मका बालबालिका ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या देखिएको भन्दै अस्पतालमा आइरहेको डा. कौशिक सापकोटाले बताए। जिबजिबे ग्रामीण अस्पताल जिबजिबेमा पनि कडा खालको ज्वरो तथा खोकी, निमोनियालगायतको समस्याका बिरामी आउने क्रम बढेको अस्पतालका हेल्थ असिस्टेन्ट उत्सव पौडेलले बताए। 

एक सय ४ डिग्रीदेखि एक सय ६ डिग्रीसम्म ज्वरोका बिरामीहरू आइरहेको उनले बताए। जसमा बालबालिका धेरै रहेका छन् भने यस्ता समस्या देखिएका बालबालिका मात्रै दैनिक १५ जनाभन्दा बढी अस्पतालमा आइरहेको उनले बताए। अन्य व्यक्तिहरू भने दैनिक १० जनाभन्दा बढी आइरहेको स्वास्थ्यकर्मीको भनाई छ। स्वास्थ्य समस्या देखिएका उनीहरूमा कोरोनाको परीक्षणको क्रममा भने नेगेटिभ आएको छ। 

‘धेरै समस्या भएर आएका बच्चाहरूमा कोरोना भए नभएको एन्टिजेन परीक्षण गर्ने गरिएको स्वास्थ्यकर्मीको भनाई छ। कडा ज्वरो, कडा खोकीलगायतको समस्या भएको एक-दुई दिनमा अस्पताल आउने गरेको पाइएको छ। 

सिजलन फ्लू भाइरलका विरामीहरूको अवस्था जटिल भए जिल्लामा उपकरण नहुँदा उपचारमा समस्या हुने रसुवा अस्पतालले जनाएको छ। सिजलन फ्लू भाइरसका लक्षण देखिएका बालबालिकामा धेरै गाह्रो भएको अवस्थामा रिफर गर्नुपर्ने स्थिति रहेको छ।

बालबालिकाको केस सेन्सेटिभ हुने भएका कारण धेरै गाह्रो भएका बच्चाहरू आउँदा नुवाकोटमा आइसियू छैन, सिटिस्क्यान छैन यस्तो बच्चाहरूमा रिफर गर्नुपर्ने अवस्था रहेको छ।

हाल जिल्लामा श्वासप्रश्वासको नली खुलाउन प्रयोग हुने औषधीको अभाव रहेकोसमेत सापकोटाले बताए। जिल्लामा आइसियू, भेन्टिलेटरलगायतका अत्यावश्यक उपकरणको सुविधा नहुँदा जटिल प्रकृतिका बिरामीको उपचारका लागि जिल्लाबाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.