रौतहटमा बाघ आतंक

रौतहटमा बाघ आतंक

रौतहट : बाघले आक्रमणबाट रौतहटको लमाहा जंगलमा बिहीबार बिहान एक जना घाइते भएका छन्। चन्द्रपुर ६ का यज्ञ बहादुर रायमाझीलाई बाघले लमाहा पुल नजिकै पुर्व पश्चिम राजमार्गमा आक्रमण गरेको हो। बिगत ६ महिनामा आक्रमणबाट १ जनाको मृत्यू भएको छ भने ५ जना घाइते भएका छन्।

साईकलमा घाँस दाउरा लिन जंगल जाँदै गर्दा बाघ देखिएको र भाग्न खोज्दा पछाडीबाट बाघले आक्रमण गरेको घाइते रायमाझीले बताए। घाइते रायमाझिले भने,'राजमार्ग छेउमा बाघ देखें भाग्न खोजेको पछाडीबाट झम्टियो, बन्चरोले बाघलाई हानेर भागे। 'उनको सिभिल हस्पिटल चन्द्रपुरमा उपचार भैरहेको छ। घाइतेको दुवै हातको पाखुरामा बाघले चिथोरेको छ।
एकवर्षअघि देखि गरीएको बाघ गणनामा रौतहटको जंगलमा ४ वटा ठुला बाघ फेला परेको थियो।

बाघ गणना गर्न रौतहटमा धन्सर खोला पूर्व, गैंडाटार, जुडिबेला, चोचा, सिम्री , नुनथर लगाएतका बनक्षेत्रमा १७ जोर क्यामेरा जडान गरिएको थियो।

केही महिनाअघि चन्द्रपुर ६ का एकयुवक बाघको आक्रमणबाट मारीएका थिए भने जिल्लाको उतरी भेग चन्द्रपुर, गुजरा नपामा पछिल्लो समय बाघले आक्रमण गर्दा ५ जना घाइते भैसकेका छन्।

वनमा बाघहरु रहेकाले बन प्रवेश गर्दा तथा राजमार्गमा यात्रा गर्दा चनाखो रहन जिल्ला वन कार्यालय रौतहटले सवैमा आग्रह गर्दै आएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.