दुर्घटनामा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

दुर्घटनामा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

राजविराज : सप्तरीमा शनिबार भएको छुट्टा–छुट्टै दुर्घटनामा तीन जना मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ। सप्तरीको खडक नगरपालिका–४ अमहास्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा बा. ५६ प २५१५ नम्बरको मोटरसाइकल सवार झापा शिवसतासी नगरपालिका–६ बस्ने २२ वर्षीय विवेक सापकोटा र स. ५ प ८४३४ नम्बरको मोटरसाइकल सवार झापा भद्रपुर नगरपालिका–४ बस्ने २१ वर्षीय दयाराम सिंह राजवंशीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा. ५६ प २५१५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको स. ५ प ८४३४ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएर दुबै मोटरसाइकल सवार १-१ युवकको मृत्यु भएको हो। 

स. ५ प ८४३४ नम्बरको मोटरसाइकलमा सवार महोत्तरीको मटिहानी नगरपालिका–७ बस्ने ३५ वर्षीय चन्दनकुमार साह गम्भीर घाइते भएका छन्। घाइतेलाई उपचारको लागि विराटनगरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले बताए। 

यसैगरी शम्भुनाथ नगरपालिका–८ मिलन चौकस्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा स.२ प ३३३३ नम्बरको मोटरसाइकल पछाडि सवार सप्तरीको बलान बिहुल गाउँपालिका–६ रौतहटका ४० वर्षीय प्रमोद मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त मोटरसाइकललाई ना.५ ख ९००० नम्बरको यात्रीवाहक बसले पछाडिबाट ठक्कर दिएको थियो। बसको ठक्करले गम्भीर घाइते मण्डललाई सप्तऋषि अस्पताल लहानमा उपचार हुन नसकेपछि थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर पठाइएको थियो। उपचारको क्रममा मण्डलको मृत्यु भएको डिएसपी काफ्लेले बताए। 

मोटरसाइकल चालक बलान बिहुल गाउँपालिका–६ रौतहटका ३२ वर्षीय अमरनाथ यादव घाइते भएका छन्। दुर्घटनाग्रस्त बस र चालक चितवनको माडी नगरपालिका–४ का ३७ वर्षीय सुरेश रिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.