नुवाकोटको पौने दुई अर्ब फ्रिज

नुवाकोटको पौने दुई अर्ब फ्रिज

नुवाकोट : नुवाकोटमा राजश्व संकलन बढेको छ। अघिल्लो वर्षभन्दा यसपालि राजश्व संकलनमा वृद्धि भएको हो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा नुवाकोटबाट राजश्व आम्दानी बढेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ। कार्यालयका अनुसार  ५० प्रतिशतभन्दा बढी राजश्व संकलन भएको हो। 

 
संघीय राजश्व ६९ करोड १९ लाख ६० हजार रुपैयाँ र प्रदेश राजश्व १८ करोड ५५ लाख ६८ हजार रुपैयाँ गरी ८७ करोड ८५ लाख ४६ हजार ६ सय रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा भने ४६ करोड ४१ लाख २१ हजार रुपैयाँ मात्र राजश्व संकलन भएको थियो। 

कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी डुम्रेका अनुसार संघ र प्रदेशको खर्च नभएको सशर्त अनुदान, विशेष अनुदान र समपुरक बजेट पनि राजश्वकै रुपमा दाखिला हुने भएकोले जिल्लामा राजश्व असुलीको अंक धेरै देखिएको बताए। यद्यपि, राजश्व बढ्नु सकारात्मक रहेको उद्योगी व्यवसायीहरु बताउँछन्। 

त्यस्तै समयमै काम नहुँदा नुवाकोटमा विकासका लागि आएको अर्बौं रकम फिर्ता भएको छ। नुवाकाटको विकासका लागि गत वर्ष आएको मध्ये पौने दुर्इै अर्बभन्दा बढी रकम फ्रिज भएको हो। 

गत आर्थिक वर्ष २०७७/०७८ मा पनि नुवाकोटको विकासको लागि आएको पौने दुई अर्ब रुपैयाँभन्दा बढी विकास बजेट फिर्ता भएको छ। संघीय सरकार र प्रदेश सरकारबाट जिल्लाको विकासको लागि विभिन्न योजनामा आएका रकमहरु खर्च नहुँदा फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटले जनाएको छ। 

संघ र प्रदेशको गरी एक अर्ब ६१ करोड ४४ लाख ७८ हजार रुपैयाँ रकम फिर्ता भएको छ। जसमा विकास बजेट एक अर्ब १५ करोड ६६ लाख १६ हजार रुपैयाँ रहेको छ भने चालुतर्फको ४५ करोड ७८ लाख ६१ हजार सात सय ५७ रुपैयाँ रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी युवराज डुम्रेले जानकारी दिए । 

उनका अनुसार संघतर्फको एक अर्ब २४ करोड १७ लाख १६ हजार दुई सय पाँच र प्रदेश सरकारतर्फको ३७ करोड २७ लाख ६१ हजार आठ सय असी रहेको छ। गत आर्थिक वर्षमा नुवाकोटका संघीय सरकार र प्रदेश सरकारबाट चालु खर्च र पुँजीगत खर्चको लागि १५ अर्ब ६९ करोड ५३ लाख २१ हजार बजेट आएको थियो। 

नुवाकोटलाई प्राप्त बजेटमध्ये १४ अर्ब ८० करोड ८ लाख ८२ हजार रुपैयाँ करिब ९० प्रतिशतमात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ। गत आर्थिक वर्ष नुवाकोटमा संघीय बजेटअन्तर्गत चालुतर्फको ७ अर्ब ८४ करोड ८३ लाख ८२ हजार रुपैयाँ प्राप्त भएकोमा ७ अर्ब ५५ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च भएको छ । 

पुँजीगततर्फको ४ अर्ब ३७ करोड ४९ लाख २९ हजार रुपैयाँ बराबरको बजेट प्राप्त भएकोमा ३ अर्ब ४२ करोड ६४ लाख १ हजार रुपैयाँ खर्च भएको छ। प्रदेश सरकारको बजेटअन्तर्गत चालूतर्फको १ अर्ब २३ करोड ४ लाख २१ हजार रुपैयाँ मध्ये १ अर्ब ५ करोड ५७ लाख ४७ हजार रुपैयाँ खर्च भएको छ।
 
पुँजीगत तर्फको २ अर्ब २४ करोड १५ लाख ८८ हजार रुपैयाँ बराबरको बजेटमध्ये २ अर्ब ३ करोड ३४ लाख ९९ हजार रुपैयाँ खर्च भएको छ। यसको २१ करोड भन्दा बढी फिर्ता भएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.