बाटो खन्दै टुुरिष्ट गाइड

बाटो खन्दै टुुरिष्ट गाइड

काठमाडौं : कोभिड–१९ का कारण लकडाउन नभएको भए जगबीर तामाङ यतिबेला विदेशी पर्यटकसँग नेपालको कुनै सहरमा घुमिरहेका हुन्थे। पर्यटकलाई देश दर्शन गराउँदै हुन्थे। 

कोभिडकै कारण पर्यटकको चहलपहल ठप्प भयो। अहिले तामाङ मातातीर्थ जाने भ्यू टावरको बाटो खन्दैछन्। उनले पर्यटन क्षेत्रबाट रोजगारी गुमाएको डेढ वर्ष भयो। यो पटक भने उनले १० दिनका लागि अल्पकालीन काम पाए। बाटो निर्माणको काम पाउँदा आर्थिक सहयोग पुगेको उनले बताए। तामाङ भन्छन्, ‘चाडवाडका बेला केही आर्थिक सहयोग भयो। रमाइलो लागेको छ।’ 

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)सँगको सहकार्यमा रोजगारी गुमाएका पर्यटक गाइड र मजदुरका लागि दिगो पर्यटन परियोजना अन्तर्गत अल्पकालीन रोजगारी दिइएको हो। मजदुरका लागि दिगो पर्यटन परियोजना सुरू गरिएको बोर्डका प्रवक्ता मणिराज लामिछानेले बताए। पर्यटन मजदुर संघर्ष समितिका अध्यक्ष प्रकाश घायल राई पनि काम गर्न पाउँदा खुशी लागेको बताउँछन्। उनले भने, ‘तलब न्यून भएपनि यो हाम्रा लागि अवसर हो, पदमार्ग बनाएर अर्को राम्रो काम गर्न पाउँदा हर्षित छौं।’ सोलखुम्बु घर भएका उनले यस्तो काम पाएकोमा फरक अनुभव भएको सुनाए।

चन्द्रागिरी विकास बोर्डका अध्यक्ष मनराजा खत्रीले भष्मासुर डाँडाको पदमार्गलाई सहज बनाइएको जानकारी दिए। चन्द्रागिरी–९ मा पर्ने उक्त पदमार्ग ९० जना मजदुरले १० दिन लगाएर बनाएका थिए। जसमा मच्छेनारायण पर्यटन प्रवद्र्धन समितिले पनि सहयोग रहेको खत्रीले बताए। ‘पर्यटन प्रर्वद्धनका लागि स्थानीय जनशक्ति पनि लागेको हो,’ उनले भने, ‘यसअघि हाइटमा जाने सांकेतिक मात्र बाटो थियो। अहिले डेढ मिटर चौडा ३ किमी लामो पदमार्ग बनेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.