पहिरोले भीमदत्त राजमार्ग चार दिनदेखि अवरुद्ध, हजारौं यात्रु अलपत्र

पहिरोले भीमदत्त राजमार्ग  चार दिनदेखि अवरुद्ध, हजारौं यात्रु अलपत्र

महेन्द्रनगर : सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग ४ दिनदेखि अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा हजारौं नागरिक ४ दिन देखि बाटोमै अलपत्र परेका छन् । भीमदत्त राजमार्गको डडेल्धुरादेखि डोटीको गैरामा ठाउँ-ठाउँमा पहिरो खसेका कारण अवरुद्ध भएको सडक चार दिन बितिसक्दा समेत सुचारु हुन सकेको छैन। तीन दिनको अविरल वर्षाका कारण सुदूरका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको विभिन्न स्थानमा पहिरो खसेको थियो ।

सडक अवरुद्ध हुँदा बाटोमा बस्न खान समेत समस्या भइरहेको अलपत्र यात्रुले बताएका छन्। बैतडीबाट महेन्द्रनगरका लागि हिँडेका बैतडीको दोगडाकेदारका धीरज जोशी चार दिनदेखि बाटोमै अलपत्र छन् । उनले राजमार्गमा आएको पहिरोका कारण निकै समस्या भइरहेको बताए ।'पानी समेत नपाइने अवस्था छ, होटेल छैन, बस्न खान धेरै समस्या भइरहेको छ,'  उनले भने, 'टेलिफोन र विद्युत पनि नहुँदा झनै समस्या भएको छ।'

उनले बाटोमा करिब ५ सय बस अड्किएको बताए । 'दुई सय बढी मोटरसाइकल छन्, करिब ४-५ हजार मानिस अलपत्र छन्, 'उनले भने, 'नेटवर्क नहुँदा यात्रुले घरमा फोन गर्न समेत पाएका छैनन ।'  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार गन्यापधुरा गाउँपालिका १ साहु खर्कदेखि हगुल्टे लेकसम्म करिब ४/५ किलोमिटर अवरुद्ध सडक डोजरले खुलाउने कार्य भइरहेको छ।

दिउँसोसम्म सडक सुचारु हुनसक्ने प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.