बाढी पहिरोले पीडादायी घटना भयो, राज्यले सम्बोधन गर्छ : प्रधानमन्त्री देउवा

बाढी पहिरोले पीडादायी घटना भयो, राज्यले सम्बोधन गर्छ : प्रधानमन्त्री देउवा

महेन्द्रनगर : प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा बाढी र पहिरोबाट पीडादायी घटना भएको बताउँदै सरकारले त्यसको सम्बोधन गर्ने बताएका छन्। बिहीबार बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा कञ्चनपुरको दोधारा चाँदनी पुगेर क्षति र पीडितलाई सम्बोधन हुने गरी गुरु योजना बनाएर अघि बढ्ने बताए।

'बाढी र पहिरोले सुदूरपश्चिममा पीडादायी घटना भएको मैले निरीक्षणका क्रममा पाए',  देउवाले भने, 'भोलि नै काठमाडौं फर्किएर गुरुयोजना बनाएर सम्बोधन गरिनेछ तपाईंहरु ढुक्क हुनुहोस्।' उनले सुदूरपश्चिम बाढी र पहिरोबाट नराम्ररी प्रभावित भएको बताउँदै बाढी र पहिरोले पुर्‍याएको क्षति देखेर दुखित भएको बताए।

प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जर्नाजन शर्मा, पर्यटन मन्त्री प्रेम आले, पूर्वमन्त्री रमेश लेखक, एनपी साउँद र वीरबहादुर बलायर समेत सहभागी थिए।

प्रधानमन्त्री देउवाले डोटी, बझाङ्ग, बैतडी, डडेल्धुरा हुँदै बाढीको क्षति र अवस्थाबारे बिहीबार साँझ कञ्चनपुर पुगेर स्थलगन जानकारी लिएका हुन्। कञ्चनपुरमा ब्रह्मदेव र महाकाली तटीय क्षेत्रमा हवाइ निरीक्षण समेत गरेको छ।

कञ्चनपुरमा महाकाली नदीमा आएको बाढीले भीमदत्तनगरपालिका–९, ११, १२ र १३ नं. वडा र दोधारा चादँनीमा क्षति पुर्‍याएको थियो। त्यसैगरी बाढीले महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलसँगै बनिरहेको ६ लेनको पहुँच मार्गको केही भाग कटान गरेको छ।

बाढीबाट विस्थापित अझै घर फर्किसकेका छैनन्। पीडितहरु विद्यालय, सार्वजनिक स्थान र आफन्तहरुकोमा आश्रय लिइरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.