महेन्द्रनगरको भाइरल रोडको निरीक्षण गरेर फर्किए प्रधानमन्त्री देउवा

महेन्द्रनगरको भाइरल रोडको निरीक्षण गरेर फर्किए प्रधानमन्त्री देउवा

महेन्द्रनगर : प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरको महाकाली नदीले गरेको क्षतिको निरीक्षण गरेका छन् । शुक्रबार बिहान हेलिकप्टरमार्फत महेन्द्रनगर पुगेका देउवाले महाकाली नदीले कटान गरेको भाइरल रोडको स्थलगत अवलोकन गरेर फर्किएका हुन्। 

निरीक्षणपछि प्रधानमन्त्री देउवाले बाढीले गरेको क्षतिको तथ्याङ्क संकलन गरेर गुरुयोजना बनाएर समस्याको समाधान गर्ने बताए। सुदूरपश्चिममा बाढी र पहिरोबाट पीडादायी भएको बताउँदै सरकारले त्यसको सम्बोधन स्पष्ट पारे। 
बिहीबार बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा कञ्चनपुरको दोधारा चादनी पुगेर स्थलगत अवलोकन गरेका थिए । प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन मन्त्री प्रेम आले, पुर्वमन्त्रीहरु रमेश लेखक, एनपी साउद र बीरबहादुर बलायर समेत सहभागी छन्।

प्रधानमन्त्री देउवाले डोटी, बझाङ्ग, बैतडी, डडेल्धुरा हुँदै बाढीको क्षति र अवस्थाबारे बिहीबार साझँ कञ्चनपुर पुगेर स्थलगन जानकारी लिएका हुन । कञ्चनपुरमा महाकाली नदीमा आएको बाढीले भीमदत्तनगरपालिका–९, ११, १२ र १३ नं. वडा र दोधारा चादँनीमा क्षति पुर्‍याएको थियो । बाढीले महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलसँगै बनिरहेको ६ लेनको पहुँच मार्ग (भाइरल रोड)को केही भाग कटान गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.