नौ दिनपछि बाढीले बेपत्ता युवक मृत फेला
राजविराज : बाढीले बगाइ बेपत्ता बनाएका नेपाली एक युवकको शव बिहीबार भारतमा फेला परेको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–९ का २३ वर्षीय लालु भनिने दिपेन्द्र मण्डलको शव भारतको सुपौल ग्राम पञ्चायत कुनौली–१० मा फेला परेको मृतकका बुवा शम्भु मण्डलले बताए।
जिता खोलाको बगरमा सडेगलेको अवस्थामा मण्डलको आफन्तले ११औं दिनमा शव फेला पारेका हुन्।
दुई दिनको लगातारको वर्षासँगै जीता खोलामा आएको बाढीले दशगजा क्षेत्रमा रहेको सो सडक कटान गरेको थियो। सशस्त्र प्रहरी बलको गोताखोर टोलीले रबर बोटको सहयोगमा खोजी कार्य गरे पनि मण्डल फेला पर्न सकेका थिएनन्।
गत असार २२ गत बाँसको तामा काट्न जंगल गएकी सप्तरीको अग्निसाइर कृष्णसवरन गाउँपालिका–१ बस्ने जुरमी साहको छोरी २२ वर्षीया महाकुमारी साहको महुली खोलाले बगाएर मृत्यु भएको थियो।
त्यसअघि असार २ गते बलान खोलामा आएको बाढीले बगाएर बेपत्ता सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीका १३ वर्षीय सन्तोष भण्डारीको मृत्यु भएको थियो।