नव उद्यमी महिलालाई बिना धितो ऋण सहयोग

नव उद्यमी महिलालाई बिना धितो ऋण सहयोग

तानसेन : तानसेन नगरपालिका भित्रका नव उद्यमी महिलाहरुले बिना धितो १५ लाख रुपैयाँ ऋण सहयोग पाउने भएका छन्। तानसेन नगरपालिकाको सिफारिसमा नव उद्यमी महिलाहरुलाई मुक्तिनाथ विकास बैंक पाल्पा शाखाले १५ लाख रुपैयाँ बिना धितो ऋण प्रदान गर्ने छ। तानसेन नगरपालिका नगर प्रमुख अशोक कुमार शाही र मुक्तिनाथ विकास बैंकका तानसेन शाखा प्रवन्धक टेकराज ज्ञवालीबीच ऋण आदान प्रदान सम्झौतामा हस्ताक्षर भएको छ।
  
तानसेन नगरपालिका भित्रका १४ वटै वडाहरुकाबाट आएको ऋण सिफारिसको आधारमा तानसेन नगरपालिकाले पुन बैंकलाई ऋणको लागी सिफारिस गर्ने छ। नगरभित्र केही उधम, काम गर्ने सोच र ईच्छा भएका व्यक्तिहरुलाई पुँजीको अभाव नहुने, आवश्यकता अनुसार नगरपालिकाले युवा उधमीको लागी ऋण सिफारिस गर्ने नगर प्रमुख अशोक कुमार शाहीले बताए। कृषि तथा पशुपालन तथा पर्यटन क्षेत्रमा नयाँ उद्यमी उत्पादन गरी गाउँ ठाउँमा रोजगारी श्रृजना गर्ने गरी बैंकसँग सहकार्य गरिएको नगर प्रमुख शाहीले बताए। नगरभित्र महिला उद्यमी बढाउने, महिला उद्यमीमार्फत रोजगारी बढाउने योजनाका साथ बैंकसँग सहकार्य गरिएको नगर प्रमुख शाहीले बताए। 

बैंकले नगरपालिकाको सिफारिसमा ४ दशमलव ६४ प्रतिशत व्याज दरमा बिना धितो ५० हजारदेखी १५ लाख रुपैयाँ सम्म र धितो राखेर धितोको मुल्याङ्कन अनुसार ऋण प्रदान गरिने बैंकका शाखा प्रवन्धक ज्ञवालीले बताए। बिना धितोको लागी महिला युवा उद्यमीहरुलाई प्राथमिकतामा राखिने शाखा प्रवन्धक ज्ञवालीले बताए। 

नगरपालिकाबाट सिफारिस भएको बढीमा १० दिनभित्र नव उद्यमीहरुलाई ऋण प्रवाह गरिने शाखा प्रवन्धक ज्ञवालीले बताए। नव उद्यमी युवाहरुलाई बैंकले वित्तिय साक्षरता प्रदान गर्ने, ग्रामिण आर्थिक विकास संघ रेडाले उद्यमको लागी सहजीकरण गर्ने, प्राविधिक तथा बजारको बारेमा तालीम तथा जानकारी दिनेछ। यही कात्तिक महिनादेखी तानसेन नगरपालिका भित्रका नव उद्यमीहरुलाई धितो वा बिना धितो ऋण आदनप्रदानको लागी नगरपालिकाले बैंकलाई सिफारिस गर्ने छ। नगरपालिकाले गरेको सिफारिसको आधारमा मुक्तिनाथ विकास बैंकले बिना धितो वा धितोको आधारमा ऋण प्रदान गर्ने छ।

तानसेनका नव उद्यमी युवाहरुको लागी ऋण आदान प्रदान सम्झौतामा हस्ताक्षर गर्दै नगर प्रमुख अशोक कुमार शाही र मुक्तिनाथ विकास बैकका शाखा प्रवन्धक टेकराज ज्ञवाली। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.