न्यायाधीशको मनोमानीले न्यायालयमा समस्या : पूर्वमन्त्री बास्कोटा

न्यायाधीशको मनोमानीले न्यायालयमा समस्या : पूर्वमन्त्री बास्कोटा

नुवाकोट : केही न्यायाधीशहरूको मनोमानीका कारण न्यायालयमा समया बढिरहेको नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले बताए। न्यायाधीशहरूले न्यायालय भन्ने बिर्सिएर आफ्नै कार्यमा लागेका कारण न्यायालयप्रति जनताको विस्वास घट्दै गएको पनि उनले बताए। 

नेकपा एमाले विदुर नगर कमिटिको पहिलो अधिवेशनको आइतबार नुवाकोट बट्टारमा उद्घाटन गर्दै नेता बास्कोटाले न्यायलयमा केही न्यायाधीशको हालीमुहाली रहेको कारण निष्पक्ष काम गर्न नसकेको आरोप लगाए। उनले केही न्यायाधीशहरूको कारण पछिल्लोपटक न्याय क्षेत्र विभिन्न विवादमा तानिएको पनि बताए। 

नेता बास्कोटाले पाँच थान न्यायाधीश र केही थान कालाकोटेले नेपालको न्याय प्रणालीलाईए समाप्त पारेको दाबी गरे। ‘श्री ५ न्यायाधीशहरूको गलत फैसलाको असर मुलुकले व्यहोर्नु परेको छ। अदालतमा न्यायाधीशको भेषमा प्रतिगमनकारीहरू बसेका छन्’, नेता बास्कोटाले भने, 'पहिले एमालेलाई प्रतिगमनकारी भन्ने नै अहिले आएर चुनावको कुरा गर्न थालेका छन्।'

नेता बास्कोटाले अबको निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउने दाबी समेत गरेका छन्। उनले अगाडि भने, ‘कहिले कसको पुच्छर हाल्यो, कहिले कताको वैशाखी टेकेर सरकारमा गयो, कामै गर्न नदिने, सरकारमा गएको दिनदेखिबाट षड्‍यन्त्र गर्न थाल्ने भएकोले अब एमाले एक्लै बहुमत ल्याउने गरी लाग्नु पर्छ।’ 

जनताको नजरमा एमाले बलियो सावित भइसकेको ठहर गर्दै बास्कोटाले बहुमत ल्याउनका लागि जनताको विस्वास लिएर पार्टीको नीति अनुसार काम गर्न कार्यकर्तालाई निर्देशन दिए। एमालेको जनताप्रति बढेको विस्वासको एमालेले सम्मान गरेरै छाड्ने बास्कोटाको भनाइ छ। एमालेको जनमत बढ्दै गएको देखेर माधवकुमार नेपाल अत्तालिएको दावी गर्दै नेता बास्कोटाले नेपाललाई अब नेपाली कांग्रेसमा प्रवेश गर्न सुझाव दिए।  नेता बास्कोटाले भने, ‘माधवकुमार नेपाल नेपाली कांग्रेसको विना ज्यालाका खेताला भएर काम गरिरहेका छन्,  कांग्रेसमै प्रवेश गरे हुन्छ, सबैलाई टन्टै साफ हुन्छ।’

अर्को प्रसंगमा युवा नेता बास्कोटाले आगामी निर्वाचनमा नुवाकोटमा कांग्रेस र माओवादीलाई कोल्याप्स पार्न पनि आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन्। बास्कोटाले आगामी निर्वाचनमा कांग्रेस र माओवादीलाई कोल्याप्स गर्नुको विकल्प नरहेको बताए।

करिब डेढ घण्टा सम्बोधन गरेका बास्कोटाले आगामी निर्वाचनमा एमालेले प्रतिनिधिसभामा मात्रै कम्तिमा १३८ सिटमा जित हाँसिल गर्नुपर्ने बताए। उनले देशमा ६ पटक अर्थमन्त्री भएका डा. रामशरण महतले विकासका नाममा जिल्ला जोड्ने एउटा सडक समेत बनाउन नसकेको आरोप लगाउँदै जनताले मतदान गर्ने कि मलामी बन्ने भन्ने विषयमा निर्णय लिनुपर्ने बताए।

कांग्रेसले पटक-पटक सत्तामा बसेर केही नगरे पनि नेकपा एमालेले नुवाकोट हुँदै नेपाल–भारत–चीन जोड्ने त्रिदेशीय मार्गको नुवाकोट खण्ड कालोपत्रे गरिसकेको र छहरे टोखामा सुरूङ मार्ग निर्माणको काम सुरू हुने चरणमा पुर्‍याएको बताए। उनले नुवाकोटकै बाटो हुँदै काठमाडौँ रेल पुर्‍याउनका लागि एमालेले सपना देखेको भन्दै साकार पार्ने काम पनि एमालेले नै गर्ने बताए। 

नेता बास्कोटाले विकासका लागि एमालेको विकल्प नभएको बताए। उनले वडा तहदेखि संगठन बलियो बनाउँदै गएपछि चुनावमा राम्रो नतिजा प्राप्त गर्न सक्ने बताए। कार्यक्रममा एमालेका नेता केशवराज पाण्डे, विन्दा ढुंगाना, एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडा, उपाध्यक्ष वद्री मैनालीलगायतले देशमा परिवर्तन र सम्वृद्धि एमालेले मात्रै ल्याउन सक्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.