एमाले महाधिवेशन : नारायणी किनारमा पाँच लाख जनता उतार्ने

एमाले महाधिवेशन : नारायणी किनारमा पाँच लाख जनता उतार्ने

काठमाडौं : एमालेले दसौं महाधिवेशनको उद्घाटनमा पाँच लाखभन्दा बढी जनता उतार्ने दाबी गरेको छ। पार्टी सचिव योगेश भट्टराईले महाधिवेशनको प्रचार अभियानको सुरुवात गरेको जानकारी दिए। 

महाधिवेशनको उद्घाटन चितवनको नारायणी नदीको किनारमा हुनेछ। वरिपरिका जिल्लासहित देशैभरबाट ठूलो संख्यामा जनता ल्याएर महाधिवशेनलाई भव्य र ऐतिहासिक बनाइने उनले बताए। 

उनले लोकप्रिय जनमतसहित सत्तारोहणमा पुन: फर्किने सन्देश महाधिवेशनले दिने बताए। ‘यो महाधिवशेनमा पाँच लाखभन्दा बढी जनता उपस्थिति गराइनेछ, यो महाधिवेशनको विशेष महत्त्व राख्छ। यसले आगामी आम निर्वाचन, स्थानीय निर्वाचनमा बहुमतसहित सत्तामा फर्किने सन्देश दिनेछ’, उनले भने। साढे सात लाख संगठित सदस्य भएको एमालेको राष्ट्रिय महाधिवशेनको विशेष महत्व रहेको उनको भनाइ छ। उनका अनुसार  एमालेको  नयाँ विधान प्रकाशित गर्ने काम भइसकेको छ। राजनीतिक र संगठनिक प्रतिवेदन प्रकाशित गर्ने काम भइरहेको छ। 

महाधिवेशनलाई कसरी भव्य बनाउने भन्ने उद्देश्यका साथ विभिन्न जनवर्गीय संगठनसँग एमालेले छलफल गरेको छ। एमालेको आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा १० औं राष्ट्रिय महाधिवेशन हुन गइरहेको छ। नारायणी नदीको किनारामा उद्घाटन र सौरहामा बन्दसत्र हुनेछ। यो महाधिवशेनले एमालेको नेतृत्वको चयन गर्नेछ। 

कार्तिक ६ गते वडा र ९ गते पालिका महाधिवशेन पनि एमालेले सकिसकेको छ। गत असोज १५ देखि १७ गतेसम्म एमालेले पहिलो विधान महाविधेशन सम्पन्न गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.