मुख्यमन्त्री राईले गरे सपथग्रहण, को-को बने मन्त्री ?
विराटनगर : नेकपा (एकीकृत समाजवादी) प्रदेश नं. १ का संसदीय दलका नेता राजेन्द्र राईको नेतृत्वमा प्रदेश १ मा नयाँ सरकार गठन भएको छ। एमालेका मुख्यमन्त्री बनेका भीमप्रसाद आचार्यले सोमबार पदबाट राजीनामा दिएसँगै मंगलबार नयाँ सरकार गठन भएको हो।
राईले मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेपछि गठबन्धनको तर्फबाट ५ जना मन्त्रीले सपथ ग्रहण गरेका हुन्। गठबन्धनकोतर्फबाट कांग्रेस, माओवादी, जसपाबाट एक/एकजना मन्त्री बनेका छन्। आर्थिक मामिला तथा योजना मन्त्रीमा इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार विकास मन्त्रीमा हिमाल कार्की, आन्तरिक मामिला तथा कानून मन्त्रीमा केदार कार्की, र सामाजिक विकास मन्त्रीमा जयराम यादव, सामाजिक विकास राज्यमन्त्रीमा विष्णु तुम्बाहामम्फेले जिम्मेवारी पाएका छन्। तुम्बाहाम्फे संघीय लोकतान्त्रिक राष्ट्रियमञ्चको तर्फबाट राज्यमन्त्री बनेकी हुन्। यसबाहेकका अन्य मन्त्रालय अहिले मुख्यमन्त्री राईले नै हेर्नेछन्।