हङकङमा तिहारको रौनक

हङकङमा तिहारको रौनक

हङकङ : तिहारै आयो, लौ झिलिमिली

ए सुन हजुर भैलेनी आइन् आँगन 

हङकङ : हङकङमा तिहारको रौनक मज्जाले लागेको छ । कोरोना कहरबाट थलिएको हङकङ र यहाँका नेपालीमाझ करिब २ वर्षपछि तिहारको रमाइलो माहोल देखिएको हो। दर्जनबढि संघसंस्थाहरुले हप्ता दिन अगाडि तिहार, देउसीभैंलो कार्यक्रमहरुको आयोजना गरिरहेका हुन् । खोटाङ् समाज हङकङले एक कार्यक्रमको आयोजना गर्दै समाजका सदस्यमाझ शुभकामना आदनप्रदान र देउसीभैंलो खेल्यो ।

समाजका अध्यक्ष निकेश गुरुङ भन्छन्,' विदेशमा हाम्रो आफ्नो भनेकै समाज त हो नि, सबैमाझ तिहार मनाउँदा, देउसी भैंलो खेल्दा नेपालकै आफ्नो गाउँघरमा भएको झल्को आयो । योसँगै भारतीय भुपु गोर्खा सैनिक संघ, नेपाली परिवार हङकङलगायत जातीय, क्षेत्रीय र सामुदायिक संघसंस्थाले तिहार देउसीभैंलोका विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेका छन् । 

हङकङमा नेपालीहरुले व्यवसायमार्फत मनग्य जीवन निर्वाह गरिरहेका छन् । नेपालीहरुको बाक्लो बसोबास रहेको याउचिमोङ् डिष्ट्रिकमा मात्र सयौं नेपालीका पसलहरु छन्। हङकङको व्यस्त सडकका किनारामा रहेका नेपाली पसलमा देखिएका रङिचङ्गी फूल, रङ्गोली र तिहारका सामानले नेपालको झल्को दिन्छ । कतिपय किराना पसलमा नेपालमा मात्र पाइने मौलिक सामग्रीहरु समेत राखिएको छ । 

करिब ४० हजारको हारहारीमा नेपालीहरु रहेको हङकङलाई धेरैले मिनी नेपाल पनि भन्छन्। फरक फरक क्षेत्र, समुदाय र सम्प्रदायबाट आएका नेपालीहरुले आफ्नो मौलिक पर्वहरुलाई खुलेर मान्ने गर्दछन् । कोरोनाकै कारण धेरैजना आफ्नो देश फर्कन पाएनन् स्थानीय पर्वत लामा भन्छन्, 'जान सजिलो भएपनि फर्कन धेरै गाह्रो छ । २१ दिन क्वारिन्टनसँगै स्वास्थ्यका विविध मापदण्ड पालना गर्न सकस भएर पनि नेपाल जान सकिएन। आफ्नै समुदायका साथीहरुमाझ तिहार मनाउँदैछौं। 

अन्य दिनको तुलनामा तिहारमा व्यापार, व्यवसाय पनि फस्टाउने स्थानीय व्यापारीहरु बताउँछन् । चाडपर्वमा खुलेर खर्च गर्ने नेपालीहरुको बानी हुन्छ, सकभर नेपालबाटै मगाइएका मौलिक सामाग्रीले खपत प्रचुर हुनाले पनि तिहारमा व्यापार बढेको उनीहरु बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.