दाङको गढवामा श्रीमतीको हत्या
दाङ : दाङमा बञ्चरोको बिँड प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्। गढवा गाउँपालिका–७ परिचोकका ६३ वर्षीय डनबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घरायसी विवादमा डनबहादुरले सुनिताको टाउकोमा बञ्चरोको बिँडले हिर्काएपछि उनको मृत्यु भएको प्रहरीको भनाइ छ। श्रीमतीको हत्या गरेर भागेका डनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ।
यसैगरी तुलसीपुर उपमहानगरपालिका ४ नयाँबस्ती निवासी २० वर्षीय टोपबहादुर पुनको पनि हत्या भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार स्थानीय युवाहरुको लाठ्ठी प्रहारबाट पुनको हत्या भएको हो।
प्रतिक्रिया दिनुहोस !