भूमि आयोगका थपिए चार सदस्य

भूमि आयोगका थपिए चार सदस्य

काठमाडौं : राष्ट्रिय भूमि आयोगका थप चार जना सदस्य थपिएका छन्। सरकारले राघोराय यादव (रौतहट), बासुदेव हुमागाई (काभ्रे), टेकबहादुर शाह (डोटी), दाताराम खनाल (इलाम) लाई आयोगमा थप गरेको छ। यसअघि आयोगको अध्यक्षमा केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्का नियुक्त भएका थिए। 

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितीमा मन्त्रालयमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष निरौलाले आयोगका नवनियुक्त सदस्यहरुलाई सपथ ग्रहण गराएका छन्। मन्त्री श्रेष्ठले राष्ट्रिय भूमि आयोगको गठनको उदेश्य एवं संविधानको भावना र मर्म अनुसार काम गर्न आयोगका पदाधिकारीहरुलाई निर्देशन दिइन्। 

मन्त्री श्रेष्ठले आगामी दिनमा फेरि पनि आयोग गठन गरिरहनुपर्ने तथा भूमि सम्बन्धी विषयमा हात हालिरहनुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्न पनि आयोगका पदाधिकारीहरुलाई आग्रह गरिन्।  उनले भूमिहिन दलित, भूमिहिन र सुकुम्बासीको समस्या समाधान होस् भन्ने सोचकासाथ मन्त्रालयले कार्ययोजना तर्जुमा गरी दिशा निर्देशित गरेकाले सोही अनुसार व्यवहारमा नै देखिने र नागरिकले अनुभुती गर्ने गरी काम गर्न समेत निर्देशन दिइन्। 

मन्त्रालयका सचिव गणेश प्रसाद पाण्डेयले तोकिएको समयभन्दा अगावै काम सम्पन्न गर्ने अपेक्षा रहेको भन्दै आवश्यक सहयोगका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए। राष्ट्रिय भूमि आयोगका अध्यक्ष निरौलाले सरकार र मन्त्रालयबाट आएको मार्ग निर्देशनलाई इमान्दार भएर पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। 
आयोगका उपाध्यक्ष खड्काले जनतालाई भूमिहिनताको अवस्थाबाट अन्त्य गर्न सरकार र मन्त्रालयको चाहना अनुसार काम गरेर अगाडि बढ्ने प्रतिबद्धत व्यक्त गरे। नवनियुक्त आयोगका सदस्य दाताराम खनालले भूमिहीनताको समस्या जटिल रहेको भन्दै त्यो पूरा गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.