भूमि आयोग खारेज नगर्न सर्वोच्चले दियो अल्पकालीन अन्तरिम आदेश

भूमि आयोग खारेज नगर्न सर्वोच्चले दियो अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ: सर्वोच्च अदालतले भूमिसम्बन्धी आयोग खारेजीको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सोमबार न्यायाधीश ईश्वरी प्रसाद खतिवडाको एकल इजलासले छलफलका लागि दुबै पक्षलाई भदौ १ गते बोलाएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले गत साता देवी ज्ञवाली अध्यक्ष रहेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछि ज्ञवालीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

देउवा सरकारको उक्त निर्णयको विरोधमा देशभर एमाले निकट किसान तथा श्रमिक संगठनहरु आन्दोलित भएका छन् । देउवाले पूर्वाग्रह साँधेको भन्दै सरकारको विरोध हुँदैआएको छ ।

यद्यपि भूमि सम्बन्धी समस्या समाधान गर्नका लागि आफूहरुले गृहकार्य गरिरहेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणले प्रतिवद्धता व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.