नुवाकोटमा पनि मनाइयो छठ

नुवाकोटमा पनि मनाइयो छठ

नुवाकोट : तराईमा मात्र मनाइँदै आएको छठ पर्व केही वर्षदेखि नुवाकोटमा पनि मनाउन थालिएको छ। तराई मुलका नागरिकले बुधबार त्रिशुली बजारमा रहेको

राममन्दिर नजिकै त्रिशूली नदीको किनारामा छठ मनाइएका राम मन्दिरस्थित त्रिशूली नदी किनारामा छठ पूजामा सहभागी बच्चु गुप्ताले बताए। 

उनले आफुहरुलाई पहाडमा छठ पर्व मनाउन स्थानीय समुदायमा सहयोग गरेका कारण निकै खुसी लागेको पनि बताए। 

छठ मनाउन नदी किनारामा पुगेका उनीहरुलाई पहाडी समुदायका सर्वसाधारणले साथ दिएका छन्। तराई र पहाडी समुदायका नागरिकले संयुक्त रुपमा धार्मिक सहिष्णुताको भावनाले छठपूजा मनाएका हुन्। 

दुई दिनसम्म तराई मुलका नागरिकलाई धार्मिक सहिष्णुताको भावनाले पहाडी समु्दायका सर्वसाधारणले सहयोग पुर्‍याएका छन्। व्रत बसी रातभर जाग्राम बसी बिहीबार उदाउँदो सूर्यलाई अर्घ चढाएपछि छठ सकिन्छ।
 
नुवाकोटको त्रिशूली नदी किनाराको त्रिशूली, देवीघाट, वेत्रावति तथा तादीको ढिकुरेमा छठ मनाइएको छ। सामुहिक रुपमा सबै तराईवासी मिलेर त्रिशूलीको रामघाटमा छठपूजा गरिएको विदुर नगरपालिका वडा नं. १ ढुंगेवजारका अशोककुमार कलवारले जानकारी दिए । 

छठको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकी दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन रहेको पुजामा सहभागी रामायणप्रसाद गुप्ताले जानकारी दिए। उनका अनुसार श्रद्धा, भक्ति र सम्पूर्ण तराई–मधेसको साझा सांस्कृतिक धरोहरको प्रतिक छठ पर्वमा टाढा-टाढा घर जान नसकेकाहरुले नुवाकोटको त्रिशूली नदीमा पुगेर सामूहिक रुपमा छठ पर्व मनाइएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.