माल्दिभ्समा खुलेकी मानुषी
मुम्बई : पछिल्लो समय बलिउड कलाकारहरूका लागि बिदा मनाउने उत्कृष्ट गन्तव्य माल्दिभ्स बनेको छ। बलिउड तथा दक्षिण भारतका थुप्रै कलाकारले हनिमुन र बिदा मनाउनका लागि माल्दिभ्सलाई रोज्ने गरेका छन्। माल्दिभ्सको समुन्द्री तटमा थुप्रै अभिनेत्री बिकिनीमा खुल्ने पनि गरेका छन्।
यही क्रममा बलिउड अभिनेत्री एवं सन् २०१७ की विश्व सुन्दरी मानुषी छिल्लर पनि यतिखेर माल्दिभ्स पुगेकी छन्। ‘पृथ्वीराज’ चलचित्रबाट बलिउडमा डेब्यु गर्न लागेकी मानुषी बिदा मनाउन माल्दिभ्स पुगेकी हुन्।
माल्दिभ्स पुगेपछि अन्य अभिनेत्रीको पदचाप पछ्याउँदै उनी हट अवतारमा प्रस्तुत भएकी छन्। कतै हरियो त कतै रातो पहिरनमा खुलेकी उनले माल्दिभ्समा खिचेका तस्बिरहरू सामाजिक सञ्जालमा शेयर पनि गरेकी छन्। उनको तस्बिरलाई धेरैले मन पनि पराएका छन्।
हरियाणाबाट ‘फेमिना मिस इन्डिया’मा सहभागी भएकी उनले मिस वल्र्डको ताज पनि पहिरिन सफल भएकी थिइन्। मानुषी मिस वल्र्डको ताज भारत भित्र्याउने छैटौं सुन्दरी हुन्। चलचित्र ‘पृथ्वीराज’मा मानुषीले नायक अक्षय कुमारसँग रोमान्स गरेकी छन्। यस चलचित्रमा अक्षय कुमारले पृथ्वीराज चौहानको भूमिका निर्वाह गर्ने छन् भने मानुषीले उनको धर्मपत्नी संयुक्ताको भूमिका निभाउने छिन्।
एस राज फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको निर्देशन चन्द्रप्रकाश द्विवेदीले गरेका छन्। चलचित्रमा सञ्जय दत्त, सोनु सुद, आशुतोष राणा, साक्षी तनवर, ललित तिवारीलगायतका कलाकारको पनि अभिनय रहने छ।
प्रतिक्रिया दिनुहोस !