उड्न नसक्ने पाँच चरा !

उड्न नसक्ने पाँच चरा !

पेनगुइन

पेनगुइन सम्भवतः उड्न नसक्ने चराको दुनियाँमा सबैभन्दा लोकप्रिय चरा हो। विश्वभर यसका १७ प्रजाति पाइन्छन्। कालो र सेतो रंगका पेनगुइनको पँखेटा साना तथा कडा खालका हुन्छन्। जसको प्रयोग यसले पानीमा तैरिन प्रयोग गर्छ। यो चरा प्रायः पृथ्वीको दक्षिणी गोलार्धमा पाइन्छ। एम्परर संसारको सबैभन्दा ठूलो पेनगुइन प्रजाति हो। 

अस्ट्रिच

यो संसारको सबैभन्दा ठूलो चरा हो। जुन उड्न सक्दैन। यसको उचाइ २ मिटरसम्म हुन्छ भने १६० किलोसम्मको हुन्छ। अन्य चराहरूको तुलनामा यसको ब्रेस्टबोन मा किल (जुन पखेटाको मांसपेशीसँग जोडिएको हुन्छ) हुँदैन। जसका कारण यसको पखेटामा पर्याप्त शक्ति पुग्दैन त्यसैले यो उड्न सक्दैन। बलियो खुट्टा हुने भएकाले अस्ट्रिच ४१ माइलसम्मको गतिमा दौडिन भने सक्छ। 

किबी
यो विश्वको सबैभन्दा सानो उड्न नसक्ने चरा हो। जलवायु अनुकूलताका कारण यो न्यूजिल्यान्डमा पाइन्छ। किबी न्युजिल्यान्डको राष्ट्रिय चरा पनि हो। यो चरा ५ प्रजातिका हुन्छन्। विश्वका प्राचीन चरामध्ये यो पनि एक हो। यसका कतिपय प्रजाति लोप भइसकेका छन्। उड्न नसक्ने यो चरा न्युजिल्यान्डमा कसरी आयो अझै रहस्य नै छ। 

काकापो
यो सुगाको असामान्य प्रजाति हो। जुन न्युजिल्यान्डमा पाइन्छ। काकापो विश्वको एकमात्र उड्न नसक्ने निशाचर सुगा हो। यसलाई संसारको सबैभन्दा ठूलो सुगा पनि भनिन्छ। जुन ४ किलोग्रामसम्मको हुन्छ। २५ इन्चसम्म लामो हुने यो चरा लोपोन्मुख छ। न्यूजिल्यान्डमा यो चराको वस्यक संख्या जम्मा २०१ मात्रै छ। पहिले–पहिले यो चरालाई घरमा पनि पालिन्थ्यो। 

गुआम रेल
उड्न नसक्ने यो चरा अमेरिकाको गुआम क्षेत्रमा पाइन्छ। प्राचीनकालदेखि नै उक्त क्षेत्रमा कुनै प्राकृतिक शिकारी नहुने भएकाले यो चरालाई उड्नुपर्ने आवश्यकता परेन। त्यसैले पनि यसमा उडान भर्न चाहिने मांशपेशीको विकास भएन। तर, यो चरा तिव्र गतिमा दौडन भने सक्छ। 
(विभिन्न एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.