साढे ३ करोडको धान नोक्सान

साढे ३ करोडको धान नोक्सान

तानसेन : कार्तिकमा परेको  बेमौसमी बर्षाका कारण पाल्पाका कृषकको धान खेतीमा ठूलो नोक्सानी भएको छ।

३ दिनसम्म परेको अविरल बर्षाका कारण पाल्पाका कृषकका ३ करोड ४० लाख रुपैयाँ बराबरको धान नोक्सान भएको छ। पाल्पाका १० वटै पालिकामा १ हजार २ सय ७६ जना कृषकको धान खेतीमा नोक्सान भएको कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख कामना अधिकारीले बताइन्। 

कृषि ज्ञान केन्द्र पाल्पाले स्थानीय तहका कृषि शाखाको सहयोगमा गरेमा स्थलगत अध्ययन अनुसन्धानबाट ६ हजार ८ सय ८२ रोपनी क्षेत्रफलमा लगाएको धनबाली नोक्सान भएको तथ्यांक निकालेको हो। 

कृषि ज्ञान केन्द्रले संकलन गरेको हानी नोक्सानीको  विवरणलाई  जिल्ला विपद व्यबस्थापन समिति पाल्पाले पुन अनुगमन गरी प्रमाणित गरेर गृह मन्त्रालयमा पठाएको छ।  

कृषि ज्ञान केन्द्र पाल्पाले लुम्बिनी प्रदेश सरकारको कृषि मन्त्रालयमा क्षतीको विवरण पेश गरेको छ। पाल्पामा कृषकको १३ हजार ९ सय २१ क्वीन्टल धान नोक्सानी भएको छ। 

पाल्पाका पालिकामध्ये सबैभन्दा बढी तिनाउँ गाउँपालिकामा बेमौसमी बर्षाले धान खेतीमा नोक्सान पुर्‍याएको छ।  तिनाउ गाउँपालिकामा ४ सय १५ जना किसानको २ हजार ४ सय ७७ रोपनी क्षेत्रफलको धान नोक्सान भएको छ। पुर्वखोला गाउँपालिकामा २ सय ३३ जना कृषकको १ हजार १ सय ९१ रोपनीको २ हजार २ सय ९७ क्वीन्टल धानको १ करोड १८ लाख ९२ हजार रुपैयाँको धान नोक्सानी भएको छ। रैनादेवी छहरा गाउँपालिकामा १ सय ९४ जना कृषकको १ हजार २ सय १८ रोपनीमा २ हजार ३ सय ८३ क्वीन्टल धानको ४० लाख ४६ हजार रुपैयाँको धान नोक्सान भएको छ। यसैगरी  पूर्वखोला गाउँपालिकामा २ सय ३३ जना कृषकको १ हजार १ सय ९२ रोपनीमा २ हजार २ सय ९८ क्विन्टल धानको ६३ लाख १७ हजार २ सय १८ रुपैयाँको धान नोक्सानी भएको छ। माथाँगढी गाउँपालिकामा १ सय २४ जना कृषकको ८ सय १० रोपनीमा १ हजार ६ सय ८० क्वीन्टल धानको ४२ लाख ४६ हजार ८ सय ५८ रुपैयाँको धान  नोक्सान भएको छ। 

यसैगरी निस्दी गाउँपालिकामा ८७ जना कृषकको ३ सय ५२ रोपनी क्षेत्रफलमा ८ सय ३२ क्वीन्टल धान २३ लाख ७१ हजार ७ सय ७० रुपैयाँको नोक्सान भएको छ। रिव्दिकोट गाउँपालिकामा ६९ जना कृषकको १ सय ८१ रोपनीमा ३ सय २७ क्वीन्टल धानको १० लाख २८ हजार ५ सय ७५ रुपैयाँ बराबरको नोक्सानी भएको छ। तानसेन नगरपालिकामा ४३ जना कृषकको १ सय ८९ रोपनीमा ३ सय ५३ क्वीन्टल धानको ९ लाख ७२ हजार २ सय ३५ रुपैयाँ नोक्सानी भएको छ। रम्भा गाउँपालिकामा ४६ जना कृषकको १ सय ११ रोपनीमा ६८ क्वीन्टल धानको ३ लाख ४० हजार ४ सय रुपैयाँ नोक्सानी भएको छ। जिल्लामा सबैभन्दा रामपुर नगरपालिकामा वेमौसमी बर्षाले नोक्सानी गरेको छ। रामपुर नगरपालिकामा १६ जना कृषकको २६ रोपनी खेतमा ५० क्विन्टल धानको १ लाख ५१ हजार ५ सय रुपैयाँ नोक्सानी भएको छ। पाल्पाका १० वटै स्थानीय तहमा संकलन गरेको क्षतिको विवरणमा स्थानीय बजारको दररेट अनुसारको मूल्य निर्धारण गरी क्षतिपूर्तिका लागी मन्त्रालयमा सिफारिस गरिएको कृषि ज्ञान केन्द्रकी प्रमुख अधिकारीले बताइन्। 

समयमै बर्षात भएको र प्रयाप्त मात्रामा पानी परेकाले सबै खेतमा धान बाली लगाएको धान उत्पादन बृद्धि हुने आशा गरिएपनि बेमौसमी बर्षातले धान उत्पादन घट्ने देखिएको छ। पाल्पामा  ८ हजार ८ सय ४० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको  कृषि ज्ञान केन्द्रले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.