जो सधैं मञ्च बनाउँछन्

जो सधैं मञ्च बनाउँछन्

चितवन : पछिल्लो दस दिनयता बिहान ७ बजेदेखि ११ बजेसम्म नारायणी नदी किनारमा भेटिन्छन्, एमालेका केन्द्रीय कमिटी सदस्य विनोद श्रेष्ठ। जहाँ नेकपा एमालेको महाधिवेशनको उद्घाटन सत्रको मञ्च निर्माण भइरहेको छ।

‘मञ्चलाई कसरी आकर्षित गर्ने ?’ भन्ने कुराले उनलाई हरेक दिन पिरोल्छ। डिजाइनअनुसार भएनभएको उनले निरन्तर निगरानी गरिरहन्छन्। यसपटक सबैका लागि स्मरणीय बनाउने उद्देश्यले खटिएका छन्, उनी। मञ्चसँगै त्यसअगाडिको भागलाई दर्शकका लागि उपयोगी बनाउन खोजेका छन्। 

हरेक महाधिवशेनमा श्रेष्ठको जिम्मेवारी मञ्च बनाउनु हो। एमालेको ५औं महाधिवेशनदेखि लगातार मञ्च व्यवस्थापनको जिम्मेवारी श्रेष्ठले पाउँदै आएका छन् । २०४९ देखि पार्टीको महाधिवेशनको मञ्च निर्माण उनैले गरेका हुन्। र, उनले हरेक पटक नयाँपन दिँदै आएका छन्। 

त्यसबेला कम्युनिस्ट पार्टी स्थापना भएको ४७ वर्षको उपलक्ष्यमा ४६ वटा झण्डोत्तलन गरेका थिए। नेपालगन्जमा भएको छैटौं महाधिवेशन र जनकपुरको बारहबिगाह मैदानमा सम्पन्न सातौं महाधिवेशनमा उनले काठको संरचनाबाट मञ्च तयार पारेका थिए। बुटवलको आठौं महाधिवेशनमा फलामको प्रयोग गरेका थिए। प्रविधिका हिसाबले अहिलेको मञ्च व्यवस्थापन फरक छ। ‘पहिला स्टेज निर्माण हुँदा फलाम थिएन। खट बनाएर काम गर्नुपथ्र्यो,’ श्रेष्ठले भने, ‘पाचौं महाधिवशेनदेखि काम गरेका र नयाँ साथीहरू सबै छौं।’

कात्तिक २४ गते स्थलगत निरीक्षण गरेपछि मंसिर १ बाट उनले काम थालेका हुन्। यो बीचमा नारायणी नदीमा तयार हुँदै गरेको मञ्चले धेरैको आकर्षण बढाएको छ। उनलाई यसपटकको महाधिवेशनको मञ्च विगतको भन्दा फरक बनाउने सुरमा छन्। पार्टीको गरिमा बढाउने गरी उनले सबै ध्यान मञ्चमै लगाएका छन्। मञ्च व्यवस्थापनको जिम्मेवारी पाएपछि उनी सुरुमा स्थलगत अध्ययन गर्छन्। त्यसअनुसार परिकल्पना गर्छन्।

दर्शकले सहज तरिकाबाट हेर्न सक्ने कुरामा उनले सबैभन्दा बढी ख्याल गर्छन्। त्यसपछि नेता कार्यकर्ताको सुरक्षाको कुरालाई केन्द्रित गर्छन्। र योजना बनाउँछन्। ‘अतिथि राख्ने र  भाषण गर्ने मञ्च मात्रै भएर हुँदैन। त्यसको सौन्दर्यकला पनि हेरिन्छ,’ उनले भने, ‘नेताको भाषण त सुनौंसुनौं लाग्ने खालको होला तर सुनिरहने खालको भाषण हेरौंहेरौं बनाउन प¥यो नि। दर्शकले नेतालाई नेताले दर्शकलाई सहज ढंगबाट हेर्न मिल्ने 
बनाउन ध्यान दिन्छौं।’ 

उनी मञ्चको भारवहन क्षमता, हावाको चाप हरेर मञ्च बनाउँछन्। ‘अहिले भएको मञ्चको चर्चाले सफल भए झै लाग्छ,’ श्रेष्ठले भने, ‘पाएको जिम्मेवारी पूरा गर्दा झन् खुसी लाग्छ।’ श्रेष्ठ पेसाले इलेक्ट्रिसियन हुन्। उनी अहिले एमालेको मजदुर संगठन ‘जिफन्ट’ का अध्यक्षसमेत हुन्। पार्टी भूमिगत रहँदा उनले २०४४ सालमा चौथो महाधिवेशनमा  स्वयंसेवकको काम गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.