प्रचण्डले एमाले बिगार्न सकेनन्, कांग्रेस बिगार्न लागिपरेका छन् : ओली

प्रचण्डले एमाले बिगार्न सकेनन्, कांग्रेस बिगार्न लागिपरेका छन् : ओली

काठमाडौं: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई सचेत गराएका छन्। युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोध गर्दै उनले प्रचण्डले सिध्याइदिने भन्दै सचेत गराएका हुन्। 

एमाले बिगार्न नसकेर कांग्रेसलाई बिगार्न प्रचण्ड लागिपरेको भन्दै उनले भने, ‘हामीलाई बिगार्न प्रचण्डले खोजेका थिए। तर, सकेनन्। अहिले कांग्रेसमा गएका छन्। म भन्छु, होसियार कांग्रेस प्रचण्डले सिध्याउलान्।’
कांग्रेस प्रचण्डको हात समाएर अघि बढ्नुपर्ने अवस्थामा रहेको टिप्पणी गर्दै ओलीले कांग्रेस विचार र नीतिमा पनि बुढो भइसकेको टिप्पणी गरे।

उनले अब एमालेले कुनै पनि पार्टीसँग एकता र एकीकरण नगर्ने स्पष्ट पारे। तर एमालेमा आउनेहरूका लागि भने बाटो खुल्ला रहने उनले बताए। 

'हामीले एकता गर्नुपर्ने अब कुनै पनि पार्टी बाँकी रहेन नेपालमा। अब एमालेमा नो एकता नो एकीकरण,' उनले भने,'अब कोसँग एकता गर्नुपर्ने माधव नेपालसँग? माधव नेपालको पछि लागेर जानुभएका साथीहरू आउनुहोस् एमालेमा।' 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.