लागुऔषध कारोबारी ४ जना पक्राउ

लागुऔषध कारोबारी ४ जना पक्राउ

वीरगन्ज : मालवाहक ट्रकमा लागुऔषध ओसार्ने चारजनालाई ठूलो परिमाणमा लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । वीरगन्जस्थित आइसीपी (एकीकृत भन्सार चौकी) बाट भन्सार जाँचपास भएर छुटेका दुईवटा मालवाहक ट्रकमा ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि दुवै ट्रकका चालक र सहचालक गरि ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बा.३ ख ८८०८ नम्बरको मिनी ट्रकका चालक मकवानपुरको मनहरी ७ का ३५ वर्षीय अनुप बर्तौला र सहचालक हेटौडा ७ का ४५ वर्षीय राजु बस्नेत तथा ना.५ ख ६८७७ नम्बरको ट्रकका चालक झापाको मेची नगरपालिका १ का ५० वर्षीय गोपाल थापा र सहचालक हेटौडा ६ का ३१ वर्षीय प्रमोद श्रेष्ठ रहेका छन् ।

आइसीपीबाट जीआइ पाइप लोड गरेर नवलपरासी जाँदै गरेका दुवै ट्रक प्रहरीले शंका लागेर वीरगन्ज २५ बहुअरीमा रोकेर चेकजाँच गरेको थियो । त्यस क्रममा बा.३ ख ८८०८ नम्बरको मिनी ट्रकमा सो परिणाममा लागुऔषध बरामद गरेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

लागुऔषध बरामद भएपछि दुवै ट्रकसहित चालक र सहचालकलाई नियन्त्रणमा लिएर लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको खनालले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.