महाधिवेशन प्रतिनिधिमा अयोग्य व्यक्ति सिफारिस गरेको भन्दै केपी ओलिसमक्ष उजुरी

महाधिवेशन प्रतिनिधिमा अयोग्य व्यक्ति सिफारिस गरेको भन्दै केपी ओलिसमक्ष उजुरी

ओखलढुंगा : नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी गराइने प्रतिनिधि छनौट गर्न जिल्लाबाट अयोग्य व्यक्ति सिफारिस गरिएको उजुरी परेको छ। नेकपा एमाले ओखलढुंगाले महाधिवेशन प्रतिनिधि कायम गर्न पार्टीको विधान अनुसार योग्य नभएका व्यक्ति केन्द्रमा सिफारिस गरेको भन्दै उजुरी परेको हो।

एमाले नेतृ लिलादेवी धमलाले एमाले मुख्यालयमा योग्यता नपुगेको व्यक्तिको नाम हटाएर आफ्नो नाम महाधिवेशन प्रतिनिधिमा कायम गराउन भन्दै उजुरी दर्ता गरेकी हुन्। धमला महाधिवेशन प्रतिनिधि छनौट प्रकृयामा सहभागी हुन उमेद्वारी दर्ता गरेकी नेतृ हुन्।

उनले सिद्धिचरण नगरपालिकाका उपप्रमुख इच्छाकुमारी गुरुङलाई पार्टीको विधानविपरित जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठले एमाले केन्द्रमा सिफारिस गरेको पाइएपछि उजुरी गरेको बताइन्। जिल्लाबाट प्रतिनिधि छनौटमा उमेद्वारी दर्ता गर्दा निर्वाचन समितिले पार्टीको विधानअनुसार योग्यता नपुगेको भन्दै गुरुङको  उमेद्वारी खरेज गरेको थियो। धमला लगायत अन्य २७ जनाको उमेद्वारी सदर पनि सहमति गर्ने भन्दै चुनावी प्रकृया रोकेर नेताहरुले आफू निकटका व्यक्तिहरु सिफारिस गरेका थिए। 

एमालेले सदस्य संख्याका अधारमा जिल्लाबाट  १२ जना प्रतिनिधि छानेको थियो। इच्छा गुरुङलाई महाधिवेशन प्रतिनिधि बनाउन प्रदेश सांसद अम्बीरबाबु गुरुङले दवाव दिएका थिए। उनीहरु नाताले दाजु बहिनी पर्ने हुन्। 

जिल्लाबाट विधान मिचेर महाधिवेशन प्रतिनिधि बनाउन असफल भएका सांसद गुरुङले महासभिव ईश्वर पोखरेल मार्फत दवाव दिएर जिल्लाबाट सिफारिस गर्न लगाइ मनोनित गर्न लागेको सुचना पाएपछि धमलाले केन्द्रीय कार्यालयमा उजुरी गरेकी हुन्। 

सिद्धिचरण नगरपालिकाका उपप्रमुख रहेकी इच्छाकुमारी गुरुङ २०७४ को स्थानीय निर्वाचनअघि शिक्षक र कांग्रेसकी सदस्य थिइन्। उनलाई उपप्रमुख उमेद्वार बनाउन सांसद गुरुङले पहल गरेपछि पार्टी सदस्यता र उपप्रमुखको टिकट एमालेले एकैसाथ दिएको थियो। 

जिल्लाबाट छनौट हुने प्रतिनिधिको  उमेद्वारी नै अयोग्य भएपछि मनोनयनका लागि केन्द्रमा नाम सिफारिस भएको विषयमा खोज्दा कुरा गर्न एमाले जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठले टेलिफोन उठाएनन्। जिल्ला सचिव शंकर कट्वालले महाधिवेन प्रतिनिधि मनोनित स्थायी कमिटीले गरेको अपुष्ट खबर सुने पनि सिफारिसबारे जानकारी नभएको बताए। उनले भने, ‘सिफारिसबारे जानकारी छैन, मनोनित गरिएको भन्ने सुनिएको छ। सायद हुनसक्छ।’

उता उजुरी बारे नेतृ लिलादेवी धमलाले आफू उमेद्वार रहेको र विधान अनुसार योग्यता पुगेर  उमेद्वारी कायम रहेको सन्दर्भमा विधि र विधान मिचेर गलत कार्य गर्न खोजिएकाले रोक्न उजुरी गरेको जानकारी दिइन्। एमाले विधानमा महाधिवेशन प्रतिनिधि हुन १० वर्षदेखि निरन्तर पार्टी सदस्य रहेको व्यक्ति हुने व्यवस्था छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.