चितवनमा एमालेको रौनक (तस्बिर)

चितवनमा एमालेको रौनक (तस्बिर)

चितवन : एमालेको १० औं महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशन उद्घाटनसत्रका लागि नारायणी नदी किनारलाई झकिझकाउ बनाइएको छ। भव्य मञ्चले नारायणी नदीको स्वरूप फेरिएको छ। एमालेका झन्डा, ब्यानर र बोर्डहरूले नदी किनार भरिभराउ छ। नेता कार्यकर्ताको चहलपहल बढ्दै गएको छ। विभिन्न जिल्लाबाट रातको समयमा पनि चितवन नेता कार्यकर्ता आइरहेका छन्।

चितवनका राजमार्ग तथा महाधिवेशन स्थल र बन्दसत्र हुने स्थानलाई सिँगारिएको छ। करिब ५ सय जना अट्ने आकर्षक मञ्च बनाइएको छ। नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको ७२ वर्ष पुगेको उपलक्ष्यमा ७२ जना कलाकारले एकै साथ प्रस्तुति दिने कार्यक्रम छ। 

मञ्चको अगाडि चितवनको पहिचान झल्काउने वन्यजन्तुका तस्बिर राखिएको छ। महाधिवेशन स्थलमा मञ्च निर्माण, सेल्फी प्वाइन्ट निर्माण, निर्माण गरिएको छ। जिल्ला प्रवेश गर्ने विभिन्न नाका र जिल्लाका मुख्य राजमार्गमा ४५ भन्दा बढी स्वागतद्वार निर्माण गरिएको एमाले जिल्ला अध्यक्ष पार्वती रावलले बताइन्।

राजमार्गको दुवै छेउमा नेकपा एमाले र अनेरास्ववियुको झण्डा र ब्यानर राखिएको छ। एमाले महाधिवेशनका लागि चितवनका राजमार्ग तथा महाधिवेशन स्थल र बन्दसत्र हुने स्थानलाई सिँगारिएको छ। 
नेकपा एमालेको महाधिवेशनमा आउने दुई हजार २९७ प्रतिनिधि, स्वदेशी तथा विदेशी पाहुना गरी तीन हजार ५०० जनाका लागि सौराहामा व्यवस्थापन मिलाइएको छ।

तस्बिर : अनिल ढकाल 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.