विधानका आडमा अबको नेतृत्व
नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन २०७८ मंसिर १० देखि १२ गतेसम्म चितवनमा सुरु भएको छ। पार्टीको विधानले नीति र विधिका लागि विधान महाधिवेशन र नेतृत्व चयनका लागि राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने व्यवस्था गरेअनुरूप तीन महिनाभित्रै दुई महाधिवेशनको आयोजना गरेको हो। अध्यादेशको षड्यन्त्रद्वारा रचित चक्रव्यूहअन्तर्गत एमालेलाई २० प्रतिशत केन्द्रीय सदस्यले निर्वाचन आयोगमा हस्ताक्षर सनाखत गरी विभाजन गरिएको थियो। देशीविदेशी प्रतिक्रियावादी शक्तिको घेराबन्दी जारी रहेको परिवेशमा आयोजित विधान महाधिवेशनको आयोजना आफैंमा महत्त्वपूर्ण परिघटना बन्यो। विभाजनकारी षड्यन्त्रहरूले एमाले कमजोर नहुने तथा सिंगो पार्टीपंक्ति विभाजनविरुद्ध एकजुट छ भन्ने सन्देश प्रवाह गर्न यो विधान अधिवेशन सानदार रूपमा सफल भएको छ।
साढे सात दशक लामो अवधिमा नेपालका राजनीतिक दलहरूले नीति, विधि र विधानका बारेमा यस ढंगले कहिल्यै अलग मञ्चमा छलफल गरी यसरी निष्कर्षमा पुग्ने अभ्यास गरेनन्। नीति, विधान र नेतृत्वमा एकसाथ एउटै अवसर र मञ्चमा छलफल र निर्णय गर्नुपर्ने बाध्यत(ाका कारण नेतृत्व चयनको विषय नीति र विधिसम्बन्धी छलफल र निष्कर्षमा हावी हुने समस्या थियो। गुटबन्दी र निर्वाचनको चपेटामा नीति र विधान पर्ने तथा राम्रो छलफल नहुने समस्या थियोे।
उद्घाटन र दस्तावेजको प्रस्तुति
प्रथम विधान महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरू १९६, केन्द्रीय आयोग तथा परिषद् २१३, केन्द्रीय विभाग ३१०, जनसंगठनहरू २२०, प्रदेश कमिटी २,२७१, उपत्यका विशेष कमिटी १९८, सम्पर्क समन्वय कमिटी ३६०, जिल्ला कमिटीहरूका पदाधिकारी ३६४, प्रवास क्षेत्र १२६, स्थानीय प्रदेश र संघका निर्वाचित जनप्रतिनिधि ९३४, एकता प्रक्रियाबाट समायोजन ५३२ र मनोनीत ५६६ गरी कुल ६ हजार ३ सय ४७ जना प्रतिनिधिको सहभागिता थियो। सम्मेलन केन्द्रभित्र र परिसरमा स्वयंसेवक, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य गरी १० हजार हाराहारीमा मानिस सक्रिय रहे। देशविदेशबाट सहभागी प्रतिनिधिको उपस्थितिले नेकपा एमालेको खास शक्ति, सामथ्र्य र हैसियत त्यहा“ प्रदर्शन भइरहेको अनुभूति हुन्थ्यो। विधान महाधिवेशनको उद्घाटन पार्टीअध्यक्ष ओलीले मोबाइलको बटन
थिचेर विधान महाधिवेशनको लोगो सार्वजनिक गरे। उक्त दिन ज्येष्ठ नागरिक दिवससमेत हुनाले ‘समृद्ध नेपाल ः सुखी नेपाली ः पार्ट अफ होप’ भिडियोसहित बालिका अश्विनी भेट्वालले पार्टीअध्यक्षमार्फत सम्पूर्ण ज्येष्ठ नागरिकप्रति समर्पित शुभकामना कोसेलीका रूपमा ‘सेलिबे्रट’ गरे।
एमाले पार्टीको राष्ट्रिय महाधिवेशनले आगामी पाँच वर्षको लागि योग्य, सक्षम, गतिशील र प्रभावकारी नेतृत्व चयन गर्नेछ। यसअघि विधान महाधिवेसनले राष्ट्रिय राजनीतिमा नेकपा एमालेको हैसियत र भूमिका स्पष्ट बनाएको थियो।
उद्घाटन सत्रको विशेष क्षणमा ओलीले सारगर्भित मन्तव्य राखेका थिए। उनले नेकपा एमालेलाई विभाजन गर्ने देशीविदेशी प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्र सिंगो पार्टी पंक्तिको जागरुकता, सचेतना र सक्रियताले निस्तेज पारिएको र पार्टी नया“ ऊर्जाका साथ अघि बढ्ने स्पष्ट आधार निर्माण भइसकेको दृढ विश्वास व्यक्त गरेका थिए। पार्टीअध्यक्षको मन्तव्यले प्रतिनिधिलाई एउटै मालामा उन्नुका साथै विगतको वस्तुपरक समीक्षा, वर्तमानको सटिक विश्लेषण र संश्लेषण तथा भ(िवष्यको प्रस्ट उज्यालो देखाएको थियो। उद्घाटन सत्रमै सहिदहरूप्रति श्रद्धाञ्जलीका साथै डिजिटल डिस्प्लेमा संस्थापक नेता पुष्पलाल, जननेता मदन भण्डारी र प्रथम निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीप्रति उच्च सम्मान गरियो। साथै, नवौं महाधिवेशनयताको अवधिमा दिवंगत पार्टी केन्द्रीय कमिटीका सदस्य रवीन्द्र अधिकारी, रामनाथ ढकाल, महिन सुब्बा लिम्बू, दिनेशचन्द्र यादव, पशुपति चौलागाईं र योगनारायण यादवलगायत नेताप्रति श्रद्धाञ्जली अर्पण गरियो। उद्घाटन सत्रस“गै महाधिवेशनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न अध्यक्ष केपी शर्मा ओली र सदस्यहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, सुवासचन्द्र नेम्बाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेको अध्यक्ष मण्डल घोषणा भयो।
डा. भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, यामलाल क“डेल, डा. राजन भट्टराई, पद्मा अर्याल र लीला भण्डारी रहेको प्रस्ताव मस्यौदा समिति, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, डा. विन्दा पाण्डे, ठाकुर गैरे, ज्वालाकुमारी साह र डा. शिवमाया तुम्बाहाम्फे रहेको सुझाव अध्ययन समिति घोषणा गरियो। यसैगरी, मणिचन्द्र थापा, भानुभक्त ढकाल, विष्णु रिजाल, गोविन्द नेपाली, मनोजजंग थापा, सीता सुन्दास, सरोज यादव र लीलबहादुर थापामगर रहेको बहस नोट समिति तथा योगेश भट्टराई, खिमलाल भट्टराई र सूर्य थापा रहेको प्रचार समन्वय समिति घोषणा गरियो।
अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे। बीचमा उनको प्रस्तुतिको क्रमलाई स्थायी कमिटी सदस्य शंकर पोखरेलले निरन्तरता दिएर समापन गरे। महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने क्रम सकियो। र, प्रतिनिधिलाई विभिन्न १० समूह विभाजन गरियो।
समूह छलफल र निष्कर्ष प्रस्तुति
विधान महाधिवेशनको दोस्रो दिन केन्द्रीय निकाय र विभागहरू, उपत्यका विशेष, सम्पर्क र प्रवास तथा जनसंगठनहरू सम्मिलित तीनवटा समूह र सात प्रदेशका सातवटा समूह गरी जम्मा १० समूहको छलफल भए। त्यसलाई व्यवस्थित गर्न कमरेड भानुभक्त ढकाल, सुजिता शाक्य, सुनिता बराल, देवराज घिमिरे, ज्वालाकुमारी साह, आनन्दप्रसाद पोखरेल, जगत विश्वकर्मा, लीला गिरी, गोरखबहादुर बोगटी र कर्णबहादुर थापाले व्यवस्थापन गरे।
समूह छलफलको अध्यक्षता एवं निष्कर्ष प्रस्तुतिको समेत जिम्मेवारी अध्यक्ष मण्डलबाटै तोकियो। जसले समूह नेता छान्न लामो समय बिताउनुपर्ने र समय लम्बिने समस्या रहेन। बन्दसत्रमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, लेखापरीक्षण आयोगका अध्यक्ष डा. पुष्प क“डेल र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष केशवप्रसाद बडालले आआफ्नो नेतृत्वका निकायहरूका प्रतिवेदन प्रस्तुत गरे।
समूह छलफलका निष्कर्षहरू प्रस्तुत गर्नेक्रम प्रारम्भ भयो। कर्णाली प्रदेश कमिटीका अध्यक्ष गोरखबहादुर बोगटी, केन्द्रीय निकाय र विभागहरू सम्मिलित समूहका अध्यक्ष भानुभक्त ढकाल, लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष लीला गिरी, सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र वाग्मती प्रदेश कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले आआफ्नो समूह छलफलका निष्कर्षहरू प्रस्तुत गरे।
निष्कर्ष प्रस्तुतिको निरन्तरता र समापन
विधान महाधिवेशनको तेस्रो दिन बिहान निर्धारित समयदेखि नै समूहका निष्कर्ष प्रस्तुतिको क्रम निरन्तर रह्यो। गण्डकी प्रदेश कमिटीका अध्यक्ष जगत विश्वकर्मा, उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष सुजिता शाक्य, प्रदेश २ कमिटीका अध्यक्ष ज्वालाकुमारी साह, जनवर्गीय संगठनका तर्फबाट अनेरास्ववियुका अध्यक्ष सुनिता बराल र प्रदेश १ कमिटीका अध्यक्ष देवराज घिमिरेले आआफ्नो समूहका निष्कर्ष प्रस्तुत गरे। १० वटै समूहका निष्कर्ष प्रस्तुत भइसकेपछि पार्टी उपमहासचिव विष्णुप्रसाद पौडेल, महासचिव ईश्वर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत दस्तावेजहरूमाथि प्राप्त सुझाव, जिज्ञासा र टिप्पणीहरूको प्रत्युत्तर
दिँदै सम्बोधन गरे।
प्रतिनिधिका चासो र जिज्ञासाको सम्बोधनले सिंगो हललाई वैचारिक रूपमा साझा दृष्टिकोण र एकताबद्ध बनाउने काम गर्यो। प्रस्ताव मस्यौदा समितिका तर्फबाट रघुजी पन्तले १६ बु“दे समसामयिक प्रस्ताव प्रस्तुत गरेपछि पारित भयो। विधान महाधिवेशनमा डा. विजय सुब्बाको अध्यक्षतामा १५ सदस्यीय निर्वाचन आयोग गठनको घोषणा भयो। अध्यक्ष ओलीले एमालेको एप्स शुभारम्भ र पार्टीको नया“ लोगो (सूर्य चिह्नभित्र सुनौलो ह“सिया हथौडा) सार्वजनिक गरे। यसरी नेकपा एमालेको नौलो अभ्यासका रूपमा आयोजित प्रथम विधान महाधिवेशन शानदार र सफल रूपमा सम्पन्न भयो। यसले राष्ट्रिय राजनीतिमा नेकपा एमालेको हैसियत र भूमिका स्पष्ट बनायो।
माधवकुमार नेपालको नेतृत्वमा चोइटिएको सानो हिस्साले पार्टीको अग्रगति र भविष्यमा खासै असर नपारेको र एमाले एक ढिक्का, सबल र सुदृढ रूपमा नेपाली जनताबीच निरन्तर जनसेवा र जनकार्यमा रहेको सन्देश दिएको छ। यसरी विधान महाधिवेशनको सफल आयोजनाले राष्ट्रिय महाधिवेशन आयोजनाको ढोका खुला गरेको हो। पार्टीको राष्ट्रिय महाधिवेशनले आगामी पाँच वर्षको लागि योग्य, सक्षम, गतिशील र प्रभावकारी नेतृत्व चयन गर्नेछ। पार्टीलाई आगामी कार्यभार बहन गर्न नेपाली जनताको भरोसायोग्य शक्तिका रूपमा अघि बढाउने आधार प्रदान गर्ने विश्वास गरिएको छ।