नारायणको ‘द सेकेन्ड गड’
![नारायणको ‘द सेकेन्ड गड’](https://annapurnapost.prixacdn.net/media/albums/Book_20211128025553_2qDcLUoEhh.jpg)
काठमाडौं : आख्यानकार नारायण निरौलाको उपन्यास ‘द सेकेन्ड गड’ शनिबार विमोचन गरिएको छ।
पद्मकन्या क्याम्पसका नेपाली विभागका प्रमुख डा. शैलेन्द्र प्रकाश त्रिपाठी, उपन्यासकार नारायण निरौला, साहित्यकार प्रभा बराल, अनुपम रोशी, सिद्धार्थ वनस्थली पनौतीका प्रमुख कार्यकारी केशव थापा तथा सिद्धार्थ वनस्थलीकै निर्देशक सचन थापाले संयुक्त रुपमा उपन्यास विमोचन गरेका थिए।
पुस्तकका लेखक निरौलाले आफूले हासिल गरेका ज्ञान र अनुभवलाई संग्रहित गर्ने उद्देश्यले पुस्तक रचना गरेको जानकारी दिए। उनले उपन्यासको धरातलभित्र रहेर ब्राह्मण र सृष्टिको रहस्यलाई स्वैरकल्पनाभित्र ढाल्ने प्रयास गरिएको बताए।
सिद्धार्थ वनस्थलीका प्रमुख कार्यकारी केशव थापाले आम मानिसले अनुभव गरेको तथा सामान्य कल्पनाभन्दा फरक बिषयलाई पुस्तकले समेटेको बताए। शैलेन्द्रप्रकाश नेपालले हरेक सर्जकले आफ्नो सिर्जनालाई सन्तानकै रुपमा लिनुपर्ने बताउँदै लेखकले आफ्ना सिर्जनामा विषयबस्तुको प्रस्तुति कुशलतासँगै भाषागत शुद्धतालाई पनि ख्याल गर्नुपर्ने सुझाब दिएका थिए। ‘द सेकेन्ड गड’ बी एन्ड पुस्तक संसारले प्रकाशनमा ल्याएको हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)