राष्ट्रिय प्रसारण लाइनमा जोडियो ५२ मेगावाट

राष्ट्रिय प्रसारण लाइनमा जोडियो ५२ मेगावाट

रामेछाप : रामेछाप र ओखलढुंगा जिल्लाको सीमा लिखु नदीमा निर्माण भएको लिखु–४ जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेसँगै ५२.४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

आयोजनाबाट हाल करिब ३५ मेगावाट विद्युत् केन्द्रीय ग्रिडमा जोडिएको हो। निजी क्षेत्रको ग्रिनभेन्चर लिमिटेडद्वारा सन् २०१८ अक्टोबरबाट काम थालेको आयोजनाले तीन वर्षमा निर्माण सम्पन्न गरी विद्युत् प्राधिकरणलाई विद्युत् बिक्री गर्न थालेको हो। रामेछापको उमाकुण्ड—७ भुजी र ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाको बीचमा बग्ने लिखु नदीको पानीलाई बिमिरेमा बाँध बनाई ४.२४ किलोमिटर लामो भूमिगत सुरुङमार्फत खिजीदेम्बाको रगनी फेदीमा निर्माण भएको उत्पादन गृहमा खसालिएको छ। उत्पादन गृहमा दुई वटा ट्वाइनबाट बिजुली उत्पादन गरिएको छ। उत्पादित विद्युत्लाई २२० केभी प्रसारण लाइनमार्फत रामेछाप जिल्लाको मन्थली नगरपालिकामा निर्माण भएको न्यु खिम्ती सवस्टेसनमा जोडिएको हो।

आयोजनाले तत्कालै सर्वसाधारणका लागि पनि सेयर निष्कासन गर्ने जनाएको छ। सुरुमा १२० मेगावाट क्षमतामा उत्पादन गर्नेगरी डिजाइन गरिएको लिखु–४ जलविद्युत् आयोजनामा भारतीय कम्पनी भिलवारासँगको साझेदारी टुटेपछि ग्रिनभेन्चर लिमिटेडले आयोजनाको क्षमता घटाएर काम थालेको थियो। आयोजनाले तोकिएको अवधिमा नै निर्माण पूरा गरी उत्पादन थालेको हो। यसअघि रामेछापको हलेँदेबेसीदेखि ओखलढुंगाको रगनीसम्मको प्रवेश सडकलगायतको पूर्वाधारको काम गरेको थियो। 

लिखु नदीको पानी प्रयोग गरी अन्य ६ वटा आयोजनासमेत निर्माणाधीन अवस्थामा छन्। लिखु १, २, ३ र लिखु ए जलविद्युत् आयोजना निर्माणको अन्तिम तयारीमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.