लुम्बिनीमा त्रियान सम्मेलन

लुम्बिनीमा त्रियान सम्मेलन

लुम्बिनी : लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा लुम्बिनीमा प्रथम त्रियान प्रज्ञा सम्मेलन सुरु भएको छ। विश्वविद्यालयले बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षण पद्धतिमा केन्द्रित रहेर त्रियान सम्मेलन आयोजना गरेको हो।

सम्मेलनमा नेपालका बौद्ध विद्धान तथा अनुसन्धानकर्ताको सहभागिता रहेको छ। सम्मेलनको पहिलो दिन बौद्ध संस्कृति र समृद्धिको विषयमा कार्यपत्र प्रस्तुत भएका छन्। 

थेरबाद बौद्ध संस्कृति र समृद्धि विषयमा अनागारिका प्रितिवति र मदनरत्न बज मानन्धरले कार्यपत्र प्रस्तुत गरे। कार्यपत्रमा थेरवादी संस्कृतिलाई मुलुकको समृद्धिसँग जोड्न सकिने भन्दै थेरवादी परम्पराको प्रर्वद्धनमा जोड दिनुपर्ने उल्लेख गरिएको छ। विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा त्रिरत्न मानन्धरको अध्यक्षतामा भएको सेनमा प्रस्तुत भएका कार्यपत्रमाथि भिक्षु वजिर र डा. रिना तुलाधरले टिप्पणी गरेका छन्। 

त्यस्तै थेरबाद बौद्ध शिक्षण पद्धति विषयमाथि प्रा.डा. भिक्षु सांकिच्च महास्थविरले कार्यपत्र प्रस्तुत गरे। त्यस कार्यपत्रमाथि ईश्वरचन्द्र विद्यासागर श्रेष्ठले टिप्पणी गरेका थिए। 

त्यस्तै महायान बौद्ध संस्कृति र समृद्धि विषयमा आचार्य सार्की शेर्पाले कार्यपत्र प्रस्तुत गरे। सो कार्यपत्रमाथि डा. शारदा पौडेलले टिप्पणी गरे। सो विषयमा प्रा.डा. रमेश ढुंगेल, लोपेन कर्मा यान्चेनले कार्यपत्र प्रस्तुत गरेका थिए। विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यको अध्यक्षतामा चलेको सेजनमा प्रस्तुत दुई कार्यपत्रमाथि वेदराज ज्ञवाली र डा. निमा शेर्पाले टिप्पणी गरेका थिए।

त्यस्तै महायान बौद्ध शिक्षण पद्धति विषयमा डा. तेन्जिङ जिन्पा भूतियाले कार्यपत्र प्रस्तुत गरेका छन्। कार्यपत्रमाथि प्रा.डा. विजय वरुवाले टिप्पणी गरेका छन्। 
त्यस्तै बज्रयान संस्कृति र समृद्धि विषयमा बिहीबार गोष्ठी हुने छ। त्यसअघि सम्मेलनको शुभारम्भ कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले विश्वविद्यालयले बौद्ध संस्कृतिलाई समृद्धिसँग जोड्ने योजना सहित यो सम्मेलनको आयोजना गरेको बताए।

त्यस्तै रजिष्ट्रार डा. तिलकराम आचार्यले बौद्ध संस्कृतिलाई समृद्धिसँग जोड्ने नीतिलाई यो सम्मेलनले टेवा पुर्याउने बताए। विश्वविद्यालयले पहिलो सम्मेलनबाट मन्थन भएका विचारलाई नीति निर्माण तहसम्म पुर्याउने उनले बताए। बौद्ध शिक्षण पद्धतिको प्रवर्द्धन गरी बौद्ध दर्शनलाई जीवनयापनसँग जोड्नुपर्ने उनले बताए।

कार्यक्रममा बोल्दै बौद्ध दर्शन तथा प्रवर्द्धन गुम्बा विकास समितिका अध्यक्ष फुपु छेम्बे शेर्पाले त्रियान सम्मेलनले बौद्ध दर्शन संस्कृतिका पुनरोत्थानमा महत्वपूर्ण टेवा पुग्ने बताए। 

त्यस्तै उपेक्षा गुरुमाले बौद्ध संस्कृतिको संरक्षणका लागि यी सम्मेलनहरु महत्वपूर्ण हुने बताइन्। त्यस्तै अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेयले बौद्ध धर्मका तीन यानका विषयमा सबैले जानकारी पाउनु पर्ने बताए।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. नरेशमान बज्राचार्यले बौद्ध संस्कृतिको संरक्षण र प्रवर्द्धनमा बौद्ध विश्वविद्यालयले गरेको यो सम्मेलन निकै प्रशंसनीय रहेको बताए।

कार्यक्रममा बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गितु गिरी, भिक्षु प्रा.डा. सांकिच्च, उपप्राध्यापक दयाराम गौतम लगायतले बोलेको थिए।
१७ औं वार्षिकोत्सवमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम रहेको छ। राष्ट्रपतिले ९ करोड २० लाख लागतमा निर्माण भएको केन्द्रीय पुस्तकालय भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सो कार्यक्रममका लागि राष्ट्रपति दिनको १२ बजे लुम्बिनी आउने बताइएको छ। सो कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.