एउटै सडकले जोडिदै तीन देश

एउटै सडकले जोडिदै तीन देश

देवीघाट : गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाको निर्माण कार्य तीव्र रूपमा भइरहेको छ। सरकारद्वारा निकै महत्वका साथ हेरिएको सो सडक निर्माणमा हालसम्म ४७ प्रतिशत निर्माण कार्य भएको छ। गत आर्थिक वर्ष २०७२/०७३ देखि निर्माण सुरु गरिएको सो सडकको हाल कालोपत्रे, पुल निर्माण, पहिरो नियन्त्रण रिटेनिङ वाल लगाउनुका साथै सडक चौडा बनाउने कार्य भइरहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना कार्यालय नुवाकोटले जनाएको छ। सो सडकमार्गमा पर्ने नुवाकोट, रसुवा र धादिङतर्फका स्थानवाट एकैसाथ काम भइरहेको छ। 

गल्छी–त्रिशूली खण्डको वुधसिङघाट, कल्चौडे भीरको कटिङ कार्य सम्पन्न भएको छ। सो स्थानमा हाल कालोपत्रेसमेत गरिसकिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना कार्यालय नुवाकोटका प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए। उनका अनुसार सो सडकखण्डको देवीघाटको धुरपुरे पहरो कटिङ कार्य सम्पन्न भएको र कल्चौडे भीर तथा धुरपुरेलगायतका १६ स्थानमा पुलद निर्माणका कार्य भइसकेको छ। ११ मिटर चौडाइको डवल लेनको सो सडकमार्गमा कुल ३२ वटा पक्कि पुल निर्माण, एउटा फ्लाई ओभर निर्माण र चार वटा पहिरो नियन्त्रण कार्य रहेको कार्यालयका प्रमुख अधिकारीले बताए।

आगामी आव २०७९/०८० भित्र  सवै निर्माण गरिनु पर्ने सो सडकको मुख्य समस्या मुआव्जाको विवाद रहेको छ। गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसवागढी सडक योजनालाई अहिले तीन खण्डमा विभाजन गरी निर्माण कार्य भइरहेको छ। सो सडकको पटक/पटक विविध कारण देखाएर आगामी २०८० सालको असार मसान्तसम्म कार्य अवधि थप गरिएको छ। कुल ८२ किलोमिटर लामो उक्त सडक तीन खण्डमा विभाजन गरेर विस्तारको कार्य भइरहेको छ। उक्त सडक विस्तारमा कुल १५ अर्ब ५० करोड रुपैया लागत अनुमान रहेको छ। जसमध्ये नौ अर्व ५० करोड निर्माण तथा ६ अर्व रुपैयाँ मुआव्जा तथा क्षतिपुर्तिका लागि कायम रहेको कार्यालयले जनाएको छ।  

प्रमुख अधिकारीका अनुसार हालसम्म सो सडकमार्गमा समग्रमा ४६ प्रतिशत, पुंजिगततर्फ ४५ प्रतिशत र मुआव्जा तथा क्षतिपुर्तिको ४६ प्रतिशत प्रगति भएको छ। हालसम्म सो सडकमार्गको २१ किलोमिटर कालोपत्रे, आठवटा पुल निर्माण भइसकेको प्रमुख अधिकारीले बताए। 

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक विस्तारको कामले गति लिएको छ। लकडाउनमा रोकिएको काम हाल धमाधम भइरहेको छ। 
सो सडक तीन खण्डमा विभाजित गरेर निर्माण भइरहेको छ। पहिलो खण्ड गल्छीदेखि विदुर–बेत्रावती–मैलुङ सडकखण्डको कुल ४६ किलोमिटर लम्बाइको सडक रहेको छ। सो सडकखण्डको निर्माण कार्य गत २०७२ सालदेखि भइरहेको छ। सो सडकखण्ड अन्तर्गत दोसो खण्डअन्तर्गत मैलुङ–स्याफ्रुबेंसी सडकखण्डको १९ किलोमिटर लम्वाईको सो सडकको निर्माण कार्य भइरहेको छ। त्रिदेशिय मार्गको रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडकमा चौडा गर्ने, पर्खाल लगाउनेलगायतका कार्यहरु भइरहेको छ। 

गत २०७२ सालदेखि सडक स्तरोन्नतिको कार्य थाले पनि भूकम्प, भारतीय नाकाबन्दी, कोरोना महामारी, मुआब्जाको विवाद र निर्माणस्थल समयमा खाली नहुँदा काम सहज  रूपले अगाडि बढ्न नसकेको निर्माण पक्षले दावी गरेको छ। हालसम्म सरकारले सो सडक आयोजना अन्तर्गत रहेका जग्गाधनीहरुलाई पहिचान गरि कुल दुई अर्व ८१ करोड रुपैया मुआव्जा बापत वितरण गरिसकेको छ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाको चौडाइ ३० मिटर भए पनि ११ मिटर मात्र कालोपत्रे रहने जनाइएको छ। हालसम्म गल्छी–त्रिशूली खण्डको सबैभन्दा धेरै र अप्ठ्यारो रक कटिङ कार्य सकिएको समेत कार्यालयले जनाएको छ। 

गल्छी–त्रिशूली खण्डको रातमाटे, महादेवफाँट, देवीघाट क्षेत्रको सडक दायाँबायाँ फुटपाथ बनाउने र दायाँबायाँ  रेलिङ जडान गर्ने काम भइरहेको  छ। धुरपुरेभिर कटिङ गर्न एक वर्ष अगाडि सुरु गरेको भए पनि हाल काम सकिएको छ। सो सडकमार्ग अन्तर्गत वेलकोटगढी नगरपालिकाको कल्चौडे भीर कटिङ गर्दा पुरानो डिजाइन परिवर्तन गरेर पुलसँगै भीर सोझ्याएर कटिङ गर्दा एक सय मिटर सडकको दूरी घटेको छ। पहरो कटिङसँगै कुनापट्टि नाली निर्माण छेउमा सेफ्टीबार र सडक कोलोपत्रे तथा बिजुलीको पोल गाड्ने काम अगाडि बढाइएको छ। 

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडकमार्गमा पर्ने नेपाल सरकारको राष्ट्रिय प्राथमिकता प्राप्त मैलुङ–स्याफ्रुबेसी सडकखण्ड नेपाली सेनाले निर्माण गरेको डबल लेनको सडक हो। चीनको सिमा रसुवागढी नाका जोड्ने यो सडक साविकको पासाङल्हामु मार्ग अन्तर्गतको बेत्रावती–कालिकास्थान–धुन्चे हुँदै स्याफ्रुवेशी जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो रहेको छ। बेत्रावती–कालिकास्थान–धुन्चे हुँदै स्याफ्रुवेशी पुग्न ५४ किलोमिटर रहेको छ। बेत्रावती–मैलुङ–स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै रहेको छ। 

पासाङल्हामु सडकमार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा २२ वटा घुम्ती पार गर्नुपर्छ भने निर्माणाधिन त्रिदेशीय सडकमा एउटा पनि घुम्ती छैन। काठमाडौंदेखि गल्छी ४४ किलोमिटर, गल्छीदेखि बट्टार २२ किमि, बट्टारदेखि बेत्रावती ११ किमि, बेत्रावतीदेखि मैलुङ १२ किमि र मैलुङदेखि स्याफ्रु १७ किमि रहेको छ। 

काठमाडौंबाट बेत्रावती–धुन्चे–रसुवागढीको दूरी एक सय ४५ किलोमिटर रहेको छ भने काठमाडौंबाट बेत्रावती–मैलुङ हुँदै रसुवागढी जोड्ने सडकको दूरी एक सय २२ किलोमिटर मात्र हुनेछ। एता, स्याफ्रुबाट धुन्चे, कालिकास्थान हुँदै बेत्रावती पुग्ने सडकभन्दा स्याफ्रुवेशीबाट मैलुङ हुँदै बेत्रावती जान यातायातका साधनलाई पेट्रोलियम पदार्थको खपत कम हुने हुँदा कन्टेनर चालकहरू यो सडकतर्फ आकर्षित हुँदै गएका छन्। 
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेसी सडक विस्तारको कामले हाल गति लिएको छ। रसुवागढी नाकालाई चीनले गत सन् २०१७ को सेप्टेम्वर १ तारिखदेखि अन्तर्राष्ट्रिय नाकाको मान्यता दिएको थियो। 

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक मार्गको काम कोरोनाको महामारीमा रोकिएको थियो भने हाल धमाधम भइरहेको स्थानीय उपभोक्ताहरु बताउँछन्। भारतको परनिर्भरता अन्त्य गर्न निर्माण थालिएको राष्ट्रिय गौरवको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी– रसुवागढी सडक योजनाले चीनको केरुङसम्म जोडिनेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.