विवाह पञ्चमीको पहिलो दिन ‘नगरदर्शन’ गराइयो

विवाह पञ्चमीको पहिलो दिन ‘नगरदर्शन’ गराइयो

जनकपुरधाम : साप्ताहव्यापी रामजानकी विवाह पञ्चमी पहिलो दिन शुक्रबारदेखि विधिवत रुपमा सुरु भएको छ। प्राचीन मिथिला राजधानी जनकपुरधाममा विवाह पञ्चमीको पहिलो दिन आज ‘नगरदर्शन’ गराइएको छ।

नगर दर्शनमा राम–लक्ष्मण प्रतीकको रुपमा एक जोडी बालकलाई जनकपुरधाममा घुमाइने परम्परा रहेको छ। त्रेता युगमा श्रीराम र लक्ष्मण गुरु विश्वामित्रसँग मिथिलाधाम घुम्न आउँदा नगर भ्रमण गरेको स्मरणमा नगर भ्रमण गरिने गरिन्छ। तीन बालकलाई गुरु विश्वामित्र, श्रीराम र लक्ष्मणको पहिरन र साजसज्जा गरी मिथिला भ्रमण गराइन्छ।

राम र लक्ष्मणको चरित्र धारण गरेका बालकहरुलाई राम चरित्रमानस र रामायणका श्लोकलाई संगीतबद्ध गरी मन्दिरका पूजारीले मिथिलाको वर्णन गरेका थिए। त्रेता युगमा राम र लक्ष्मण मिथिला आएर र नगर दर्शन गरेको तथा मिथिलाबासीले राम लक्ष्मणलाई फूल छर्केर स्वागत गरेको मान्यता अनुसार नगरबासीले स्वागत गर्ने परम्पराअनुसार नै यो वर्ष पनि ‘नगरदर्शन’गराइएको छ।

नगर दर्शनमा कृतिम नगरको परिकल्पना गरी भगवान् राम र लक्ष्मण सबैको द्वारद्वार (घरघर) मा जाने परम्परा अनुसार घरघरमा जान्छन्। दर्शनमा राम लक्ष्मणको दर्शन गर्न दर्शनार्थीको भीड लाग्छ।

त्रेतायुगमा श्रीराम र सीता बीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीदेखि मिथिला नगरी जनकपुरधाममा पौराणिक विवाह पञ्चमी महोत्सवको आयोजना हुँदै आएको छ। यस वर्ष महोत्सव मंसिर १७ गतेदेखि विधिवत रुपमा सुरु भइ २३ गतेसम्म चल्ने जानकी मन्दिरका सह–महन्थ रामरोशन दास ‘वैष्णवले’ले बताए।

सात दिनमा नगर दर्शनका अतिरिक्त फूलबारी लीला, धनुषयज्ञ, तिलकोत्सव, मटकोर, शुभविवाह र राम कलेवा हुनेछ। रामजानकी महोत्सव हेर्न जनकपुरधाममा विशेष गरी भारतीय तथा आन्तरिक पर्यटकको भीड बढेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.