कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त
जनकपुरधाम : प्रदेश २ सरकारले कृषि विश्वविद्यालयको उपकुलपतिमा डा. वैद्यनाथ महतोलाई नियुक्त गरेको छ । प्रदेशको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले गत कार्तिक २३ गते प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका थिए ।
प्रदेशको महत्वाकांक्षी कार्यक्रमको रुपमा रहेको कृषि विश्वविद्यालयको स्थापना तथा संचालनको सुरुवातको सिलसिलामा मंगलबार मुख्यमन्त्री लालबाबु राउतले उपकुलपतिको नियुक्त गरेका हुन् । प्रदेश २ का नीति तथा योजना आयोगका पूर्वसदस्य समेत रहेका सिरहाको मिर्चैया नगरपालिका २ का डा. वैद्यनाथ महतोलाई सह–कुलपति तथा सामाजिक विकासमन्त्री नवलकिशोर साहको सिफारिसमा कुलपति समेत रहेका मुख्यमन्त्री राउतले नियुक्त गरेका हुन् ।
विश्वविद्यालयको उपकुलपति नियुक्त गरिएपनि भौतिक संरचना निर्माण गरिएको भने छैन् ।
प्रतिक्रिया दिनुहोस !