डेढ सय किलो बढी गाँजा बरामद

डेढ सय किलो बढी गाँजा बरामद

मलंगवा : सर्लाहीको मलंगवा नगरपालिका वडा नं. ८ बाट सशस्त्र प्रहरीले एक सय ६८ किलो लागुऔषध गाँजा बरामद गरेको छ । नेपालबाट भारततर्फ निर्यात गर्नका लागि लुकाइ राखेको अवस्थामा एक सय ६८ किलो लागुऔषध गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. १० गणले जानकारी दिएका छन् । प्लाष्टिकको ६ ओटा बोरामा लुकाई राखेको अवस्थामा लागुऔषध गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रहरीले गाँजा बरामद गरेपनि ल्याउने व्यक्ति फेला नपरेको जनाएको छ। लागुऔषध गाँजा कसले र कहाँबाट ल्याएको हो त्यो अहिले खुल्न सकेको छैन् । तयारी अवस्थामा राखिएको गाँजा प्रहरीको आँखा छलेर भारत तर्फ निर्यात गर्न सीमा नजिकैको टोलमा राखेको अवस्थामा फेला परेको हो । तस्करको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । विगत केही दिन पहिले पनि सशस्त्र प्रहरीले सर्लाहीको उत्तरी भेगमा गाँजा खेति नष्ट गरेको थियो ।

सर्लाहीसंगै टाँसिएका मकवानपुर र सिन्धुली जिल्लाबाट समय समयमा गाँजा तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा सर्लाहीमा पक्राउ पर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.