ब्राउन सुगरसहित एकैदिन १० जना पक्राउ

ब्राउन सुगरसहित एकैदिन १० जना पक्राउ

दाङ : दाङमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित १० जना पक्राउ परेका छन्। दाङको तुलसीपुर क्षेत्रबाट २ ग्राम ९६० मिलिग्राम ब्राउन सुगरसहित १० जना पक्राउ परेको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले एकैदिन तुलसीपुर र आसपासका स्थानबाट उक्त परिमानमा ब्राउन सुगरसहित पक्राउ गरेको इप्रका प्रमुख श्यामु अर्यालले बताए। 

प्रहरीले तुलसीपुर उपमहानगरपालिका -५ का २१ वर्षीय बीरबहादुर बिक, तुलसीपुर- ८ कृष्णमन्दिरका २५ वर्षीय अमर गन्दर्भ, तुलसीपुर- १ भम्केका ३३ का बिरबल बिरकट्टा, सल्यान जिल्लाको कुमाख गाउँपालिका- २ खानीखोला घर भइ हाल तुलसीपुर -५ मा कोठा भाडामा बस्ने २८ वर्षीय बीरबहादुर चलाउने, तुलसीपुर -१८ बेलझुण्डीका २३ वर्षीय कैलाश सुनार, सोही ठाउँकै २३ वर्षीय वशन्त राना, तुलसीपुर- १ भम्केका २२ वर्षीय विनोद भण्डारी, तुलसीपुर-५ का २४ वर्षीय देबिराज हल्वाई, तुलसीपुर- ९ का २४ वर्षीय एकराज डाँगी र सोही ठाउँका २६ वर्षीय मानबहादुर बिकलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको  जनाएको छ ।

यस अगाडि तुलसीपुरमा एकै दिन चार जनालाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.