श्रोत नखुलको १६ लाख रुपैयाँसहित भारतीय पक्राउ

श्रोत नखुलको १६ लाख रुपैयाँसहित भारतीय पक्राउ

वीरगन्ज  : बारामा प्रहरीले श्रोत खुल्न नसकेको १६ लाख रुपैयाँसहित एक भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहारको मोतीहारी जिल्लाको बेलदर्वा ५ का ३० वर्षीय रन्देश कुशवाहा रहेका छन्। 

कलैया उपमहानगरपालिका वडा नम्बर १० मटिअर्वा स्थित नेपाल भारत सीमा नजिकैबाट प्रहरीले कुशवाहालाई श्रोत खुल्न नसकेको नेपाली १६ लाख रुपैयाँसहित पक्रेको हो। 

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको अवस्थामा रोकेर चेकजाच गर्दा कुशवाहाको साथबाट श्रोत खुल्न नसकेको १ हजार दरको १३ सय थान र ५ सय दरको ६ सय थान नोट गरी कुल १६ लाख रुपैयाँ बरामद भएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले बताए। 

बरामद रकमसहित कुशवाहालाई प्रहरी हिरासतमा राखेर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसारको कसुरमा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको थापाले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.