कामै नगरि अध्यक्षले एकलौटी लाखौँ रकम हिनामिना गरेको आरोप

कामै नगरि अध्यक्षले एकलौटी लाखौँ रकम हिनामिना गरेको आरोप

सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिक-१ मा सञ्चालित खरिखोला खानेपानी निर्माण उपभोक्ता समितिले कामै नगरि लाखौँ रकम हिनामिना गरेको आरोप लागेको छ । गाउँपालिकाको ७० लाख रुपैयाँको लागतमा विसं २०७६ सालबाट शुरु भएको आयोजनामा काम शुरु नै नगरी उपभोक्ता समितिका अध्यक्षले रकम हिनामिना गरेकोे समितिका अन्य पदाधिकारीहरुले आरोप लगाएका हुन् ।

योजना सञ्चालनका लागि वडाका जनप्रतिनिधीको उपस्थितीमा २०७६ सालमा स्थानीय लाक्पा सोनाम शेर्पाको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो । सोँही बमोजिम २०७६ साल असोज ८ गते आयोजनाको कार्य अघि बढाउन ७० लाख मध्ये ३५ लाख रकम निकासा भएको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ ।

निकासा भएको उक्त रकमबाट काम शुरु गर्नुको सट्टा समितिका अध्यक्ष शेर्पाले एकलौटी तरिकाले करिब १० लाख रुपैयाँ बराबरको पाईप, तार, जाली लगायका सामग्री खरिद गरि बाँकी रकमसहित सम्पर्क विहिन बनेको उपभोक्ता समितिका सचिव राम बहादुर थापा मगरले बताए । उनले भने-‘रकम निकासाका लागि समेत समितिका अध्यक्ष र कोषाध्यक्षको हस्ताक्षर प्रयोग गर्नुपर्नेमा अध्यक्ष शेर्पा एक्लैले रकम निकासा गरि दुरुपयोग गरेको प्रष्ट छ । यति धेरै रकम हिनामिना गर्दा समेत सम्बन्धित पक्ष किन मौन रु’। अध्यक्ष एकलौटी हिसाबले अघि बढेपछि गत असार ६ गते समितिका कोषाध्यक्ष आङ दाली शेर्पाले वडामा कोषाध्यक्ष पदबाट राजिनामा दिएका थिए । 

महालेखा परिक्षकको कार्यालयबाट बेरुजु
विसं २०७६ साल असोज ८ गते आयोजनाको कार्य अघि बढाउन ७० लाख मध्ये ३५ लाख रकम निकासा भएको खुल्न आएको छ । तर उक्त रकमको बिल भरपाई समेत गाउँपालिमा पेश नहुँदा महालेखा परिक्षकको कार्यालयले निकासा भएको रकम बेरुजुमा निकालेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पेश्की फच्र्यौटका लागि गत मंसिर ८ गते ७ दिनको अल्टिमेटम दिँदै रकम फच्र्यौट गर्न पत्र लेखेको छ । पत्रमा लेखिएको छ-‘समितिले निकासा गरेको बजेट ३५ लाखको फच्र्यौटका लागि कुनै कागजात पेश नहुँदा महालेखा परिक्षकले समेत बेरुजुमा राखेकाले ७ दिन भित्र कागजात पेश गर्न आग्रह गरिन्छ, अन्यथा पालिका आर्थिक कार्यविधि ऐन २०५५ अनुसार अघि बढ्न बाध्य हुने छ ।’ तर तोकिएको मितिमा समेत कागजात पेश नगरेर समितिले कमजोरी गरेकाले नियम अनुसार कारबाहीको प्रकृयामा जाने प्रमुख प्रशासकिय अधिकृत सविनन सिंह चौधरीले बताए । 

यस विषयमा थप बुझ्न उपभोक्ता समितीका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पासँग सम्पर्क गर्दा टेलिफोन सम्पर्क हुन सकेन । खुम्बु पासाङ ल्हामु गाउँपालिका-१ का वडा अध्यक्ष ङिमा दोर्जी शेर्पाले रकम हिनामिना सम्बन्धी आरोप झुटो भएको भन्दै कम्जोरीलाई ढाकछोप गर्ने कोसिश गरे । उनले भने- ‘उपभोक्ता समितिले आर्थिक वर्ष २०७६/०७७ मै काम सम्पन्न गर्ने योजनाका साथ अघि बढे हो तर कोभिडका कारण प्रभावित भयो ।’ 

गाउँपालिकाले खानेपानी शिर्षकमा आर्थिक वर्ष २०७६/०७७ मा विनियोजन गरेको ७० लाखको उक्त आयोजनाबाट खरिखोला क्षेत्रका करिब २ सय घरधुरी लाभान्वित हुने छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.