पूर्वयुवराज्ञी हिमानी शाह बज्रवाराही शक्तिपीठमा (फोटोफिचर)
चापागाँउ : पूर्वयुवराज्ञी हिमानी शाहले ललितपुरको बज्रवाराही शक्तिपीठ दर्शन गरेकी छिन् । बज्रवाराही दर्शन गर्न पुगेकी युवराज्ञीलाई सयौंको संख्यामा स्वागत गर्न आएका स्थानीयहरुले फूल मालाले स्वागत गरेका थिए । मन्दिर दर्शनपछि पूर्वयुवराज्ञी शाह नेवाः एकता समाजले आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा समेत सहभागी भएकी थिइन् ।