जन्ती लिएर गएको स्कारपियो दुर्घटना : ४ जनाको मृत्यु

जन्ती लिएर गएको स्कारपियो दुर्घटना : ४ जनाको मृत्यु

रौतहट : चन्द्रपुर-गौर सडक खण्डको जयनगर चोकभन्दा १ किलोमिटर दक्षिणतर्फ स्कारपिओ दुर्घटना भएको छ। जिल्लाको गढीमाइ नगरपालिका गम्हरिया टोलबाट परोहा नगरपालिकाको नरकटिया टोलमा जन्ती लिएर गएको भारतीय गाडी बिआर ०५ पिए ६९५३ नम्बरको रातो स्कारपियो फर्किने क्रममा आफैँ अनियन्त्रित भइ दुर्घटनामा भएको हो।

बिजुलीको  पोलमा ठक्कर खाँदा घटना स्थलमा ४ जनाको मृत्यु भएको छ भने ३ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
 

मंगलबार सबा चार बजे दुर्घट्ना भएको हो। मृतकको सनाखत हुन सकेको छैन। स्करपियो जीप सडकबाट झण्डै २० फिट तल खसेको जिल्ला प्रहरीका डिएसपी सुनील मल्लले बताए। 

घाइते ३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.