धनकुटाको पहाडी भेगमा भारी हिमपात : सडक अवरुद्ध, यात्रु अलपत्र

धनकुटाको पहाडी भेगमा भारी हिमपात : सडक अवरुद्ध, यात्रु अलपत्र

धनकुटा : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण धनकुटाका उच्च पहाडी भेगमा हिमपात भएको छ । मध्य पहाडी क्षेत्रमा वर्षा भइरहेको छ। छथरजोरपाटी गाउँपालिकाको हलहले पटेक डाँडा, नुनथला, धनकुटा र तेह्रथुमको सीमाक्षेत्र चित्रे, तेह्रथुमको वसन्तपुर, तिनजुरे मिल्के जलजले डाँडा र गुफा पोखरीलगायत क्षेत्रमा भारी हिमपात भएको त्यस क्षेत्रका स्थानीयले बताएका छन्।

हिमपातसँगै चिसो बढ्दा त्यहाँको जनजीवन प्रभावित बनेको छ । हिमपातकै कारण सिँधुवा मास्तिरको नुनथला डाँडाहुँदै चित्रे, वसन्तपुरसम्मको सडक अवरुद्ध भएको छ । छथरजोरपाटी गाउँपालिकाको जेसिवी डोजरले अवरुद्ध सडक खुलाउने काम भइरहेको गाउँपालिकाका इन्जिनियर दिवश पौडेलले बताए । उनका अनुसार सडक अवरुद्ध हुँदा नुनथलादेखि चित्रेसम्म यात्रुवाहक तथा ढुवानीका सवारी साधन अलपत्र परेका छन् ।

सिँधुवा र जोरपाटीका प्रहरी र ट्राफिक प्रहरी त्यस क्षेत्रमा खटिएका छन्।चिसोले दैनिक जीवन कष्टकर भएको सिँधुवाका स्थानीय व्यापारी नवनित खड्काले बताए । यो पटक बेलैमा हिउँ पर्दा त्यस क्षेत्रका किसान भने खुसी भएका छन् । यति बेला किसानले साग, आलु, मटरकोसा खेती लगाएका छन् । हिउँ पर्दा तरकारी बालीलाई पर्याप्त सिँचाइ पुग्ने किसानको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.