हिउँले ढपक्कै ढाक्यो खुम्बु, बाटो भेट्टाउन मुस्किल (फोटो फिचर)

हिउँले ढपक्कै ढाक्यो खुम्बु, बाटो भेट्टाउन मुस्किल (फोटो फिचर)

सोलुखुम्बु : हिमपातका कारण सोलुखुम्बुमा सवारी मार्गबाट प्रवेश गर्ने मुख्य मार्ग ठप्प बनेको छ। निरन्तरको हिमपातले पत्ताले क्षेत्रको सडकमा बाक्लो हिउँ जम्दा बुधबारदेखि आवागमन ठप्प बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 

ट्राफिक प्रहरी गोर्कण खड्काका अनुसार पत्ताले र जन्तरढाप क्षेत्रको सडकमा करिब एक, डेढ फिट हिउँ जमेको छ। जुसका कारण बुधबारबाट सवारी आवागमन पूर्ण रुपमा बन्द भएको हो। सडक अवरुद्ध हुँदा जिल्ला भित्रिने तथा बाहिरिने २ दर्जनभन्दा बढी सवारी साधन अलपत्र परेका छन्। सोलुबाट पुर्वी नेपाल तथा राजधानी काठमाडौं छुट्ने साना तथा ठूला सवारी साधनहरु बिहीबार छुट्न सकेको छैन। 

करिब ३ हजार मिटरको उच्चाईमा पर्ने पत्ताले क्षेत्रमा हिमपात हुँदा वर्षेनी सवारी आवागमन ठप्प हुने गरेको छ। पत्ताले नाका सवारी मार्गबाट जिल्ला भित्रिने तथा बाहिरिने एक मात्र सडक मार्ग भएकाले समस्या भएको बताइएको छ। सडक खुलाउन जेसीवी झिकाएकाले सवारी सञ्चालनको प्रयास भने भइरहेको प्रहरीले जनाएको छ। यद्यपी पुनः हिउँ पर्ने सम्भावना रहेकाले पूर्ण रुपमा खुल्न सम्भावना भने न्यून रहेको स्थानीयले बताएका छन्।

हिउँले ढपक्कै ढाक्यो खुम्बु, बाटो भेट्टाउन मुस्किल

निरन्तरको हिमपातका कारण उच्च हिमाली भेग खुम्बु क्षेत्र हिउँले ढपक्कै ढाकेको छ। गत शनिबारदेखि निरन्तर भइरहेको हिमपातले खुम्बु क्षेत्र पुरै हिउँले ढाकेको स्थानीयले बताएका छन्।

लुक्ला, नाम्चे, खुम्जुङ, स्याङबोचे सहितका बस्तीहरु हिउँको चपेटामा परेका छन्। नाम्चे क्षेत्रमा अहिले करिब २ फिट जति हिउँ जमेको छ भने त्यस भन्दा माथिल्लो क्षेत्रमा अझ बढी रहेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिए।

भारी हिमपातका कारण त्यहाँका स्थानीयबासी घरबाट बाहिर निस्कन समेत सकेका छैनन्। बाहिर भित्र गर्न समेत सकस भएपछि स्थानीयबासी र कर्मचारीहरुले अहिले हिउँलाई सोरेर बाटो पहिचान गर्ने कार्य गरिरहेको सगरमाथा राष्ट्रिय निकुञ्जका कर्मचारीहरुले बताएका छन्।

यद्यपी हिउँले ढाकेका कारण बाटो पत्ता लगाउन निक्कै मुस्किल परेको छ। हिमपताले गर्दा विशेषगरी बस्तुभाउको हेरचाह गर्न सकस परेको छ भने हिउँले घाँसपात छोपिदा बस्तुभाउलाई के खुवाउने  भन्ने चिन्ताले पशुपालक कृषकहरुलाई सताउन थालेको छ। चिसोको कारण पिउने पानी पाइपमै जम्दा हिउँ पागालेर खान बाध्य भएको स्थानीय छिरिङ शेर्पाले जानकारी दिए।

तस्बिर सौजन्य : भुमिराज उपाध्याय र गोर्कण खड्का  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.