निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १४ जना पक्राउ

निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १४ जना पक्राउ

जाजरकोट : भेरी नगरपालिका जाजरकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ।

जुवा खेलिरहेको अवस्थामा आइतबार बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी मधुकुमार थापाका अनुसार उनीहरू जाजरकोट सदरमुकाम नजिकै गैरीखालीस्थित एक घरमा जुवा खेलिरहेका थिए ।

‘जुवा खेलिरहेको अवस्थामा १४ जनालाई नियन्त्रणमा लिएका छौं, अदालतबाट म्याद थपाएर केही बेरमा सार्वजनिक गछौं, ‘उनीहरूको साथबाट २ लाख ५२ हजार एक सय बीस रुपैयाँ नगद पनि बरामद भएको छ,' डीएसपी थापाले भने ।

प्रहरीले जुवा खालबाट नियन्त्रणमा लिइएकाको नाम सार्वजनिक भने गरेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.