पाल्पा बस दुर्घटना अपडेट : मृतकको संख्या ८ पुग्यो

पाल्पा बस दुर्घटना अपडेट : मृतकको संख्या ८ पुग्यो

बुटवल : पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाउने संख्या ८ पुगेको छ। पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले मृतकको संख्या ८ पुगेको अन्नपूर्णलाई जानकारी दिएका छन्। उनका अनुसार मृतकको पहिचान भने खुलेको छैन ।

दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन्। उनीहरुको तानसेनमा उपचार भइरहेको छ। बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पा रिब्दिकोट २ लघुवामा आइतबार बिहान दुर्घटना भएको थियो। लु २ ख ७२७९ नम्बरको बस  दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

बसमा ३५ जना मलामी रहेको प्रहरीले जनाएको छ। अहिले उद्धार कार्य जारी रहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.