सुरक्षा निकाय समावेशी बनाउन रास्वपा सांसद थापाको माग
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रम थापाले नेपालको सुरक्षा निकाय समावेशी नभएको आरोप लगाएका छन्। विनियोजित बजेटमाथिको छलफल सहभागी हुँदै उनले सुरक्षा निकायमा सीमान्तकृत समुदायको उपस्थित न्युन रहेको बताए।
उनले तीनवटै सुरक्षा निकायमा यी समुदायको उपस्थिति जम्मा ३ प्रतिशत रहेको बताए। '९६ हजार रहेको नेपाली सेनामा जम्मा ३ प्रतिशत, ८० हजार प्रहरी र ४० हजार सशस्त्र प्रहरी रहेको संगठनमा जम्मा ३ प्रतिशत मधेसी, थारु, मुस्लिम, दलित र सीमान्तिकृत समुदायको उपस्थिति छ,' उनले भने।
उनले सुरक्षा निकायमा यी समुदायको उपस्थिति गराउन माग गरे। त्यसका लागि विज्ञ टोली गठन गरेर न्यायिक व्यवस्थापन प्रणालीको सुरुवात गर्न माग गरे।
प्रतिक्रिया दिनुहोस !