पाल्पा बस दुर्घटना अपडेट :  मृतक ५ जनाको सनाखत

पाल्पा बस दुर्घटना अपडेट :  मृतक ५ जनाको सनाखत

तानसेन : पाल्पा बस दुर्घटनामा मृत्यु हुने ७ जनामध्ये ५ जनाको पहिचान खुलेको छ । बुटवलबाट शव बोकेर पाल्पाको रिडी अन्त्येष्टिका लागि हिँडेको बस पाल्पाको रिब्दीकोट गाउँपालिका-२ लघुवामा दुर्घटना हुँदा घटनास्थमै ७ जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन । 
     
मृतक ७ जना मध्ये ५ जनाको सनाखत भएको छ भने अन्य २ जनाको शव पहिचान हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्युहुनेमा बुटवल उपमहानगरपालिका—१७ का २७ वर्षीय पशुपति रसाली, सोही स्थानकै ४० वर्षीय खुमबहादुर राना, बुटवल उपमहानगरपालिका—११ का ३२ वर्षीय विजय थापाक्षेत्री, अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका—२का २८ वर्षीय भोजेन्द्र विक, सोही स्थानकै २६ वर्षीय शङ्कर विक रहेका छन् । 

थप दुई जना मृतकको शव पहिचान हुन बाकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए । बुटवल उपमहानगरपालिका—११ बुद्धनगरका मृतक विर बहादुर विकको शव लिएर रिडी जाँदै गर्दा पाल्पाको लघुवामा बस दुर्घटना भएको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.