पाल्पा बस दुर्घटना अपडेट : मृतक ७ जनाकै सनाखत

पाल्पा बस दुर्घटना अपडेट : मृतक ७ जनाकै सनाखत

पाल्पा : बुटवलबाट शव बोकेर पाल्पाको रिडी अन्त्येष्टीका लागि हिडेको बस पाल्पाको रिब्दीकोट गाउँपालिका-२ लघुवामा दुर्घटना हुँदा घटनास्थमै ७ जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा अर्घाखाची मलारानी गाउँपालिका-२ का २५ वर्षीय शंकर विक सोही स्थानकै ३६ वर्षीय मोहन कुवँर, सोही स्थानकै २८ वर्षीय भोजेन्द्र विक, सोही स्थानकै ३३ वर्षीय अर्जुन विक बुटवल उपमहानगरपालिका-१७ का ३० वर्षीय पशुपती रसाली, सोही स्थानकै ४० वर्षीय खुमबहादुर राना, बुटवल उपमहानगर-११ का ३२ वर्षीय विजय थापाक्षेत्री रहेको प्रहरी नायव उपरीक्षक एव‌ सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरका ६८ वर्षीय मृतक विरबहादुर विकको शव लिएर रिडी जाँदै गर्दा पाल्पाको लघुवामा दुर्घटना भएको हो । 
    

घाइते १५ जनाको उपचार भइरहेको छ । घाइतेमध्ये ९ जना लुम्बनी मेडिकल कलेज प्रभास र ६ जनाको मिसन अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार घाइते हुनेमा बुटवल-१७का ३८ वर्षीय विशाल रसाइली, सोही स्थानकै ४५ वर्षीय धनबहादुर सुनार, सैनामैना-६ रुपन्देहीका ३१ वर्षीय मिरा रामदाम, सोही स्थानकै ५० वर्षीय श्याम बहादुर विक, पाणीनी-१ अर्घाखाचीका ४५ वर्षिय गोपाल नेपाली, छत्रकोट-३ अर्घाखाचीका ४३ वर्षिय लाल बहादुर विक, मालारानी-२ अर्घाखाचीका ३७ बर्षिय रमेश टोहटो, तिलोत्तमा-१४ रुपन्देहीका ४५ वर्षिया दिलमाया सुनार, सोही स्थानकै तारा सुनारको लुम्बिनी मेडिकल कलेजमा उपचार भईरहेको छ । 

यस्तै घाईते भएका मालारानी-२ अर्घाखचीका ३९ वर्षीय तुल्सीराम विक, सोही स्थानकै २२ वर्षीय दिपक विक ४० वर्षीय अर्जुन रसाईली, ३५ वर्षीय लक्ष्मण टोहटो, २७ वर्षीय विष्णु विक, १३ वर्षीय बरुण रसाईली र बुटवल उपमहानगरपालिका-१२ का ४८ वर्षीय माधवप्रसाद बस्यालको मिशन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

बस दुर्घटनास्थलमा शीत परेको चिसो भएको, साँघुरो घुम्तीरहेको सडक किनारका डिभाईडर भत्काउँदै घिसारिएर दुर्घटना भएको छ । तराई क्षेत्रमा चलाएको चालक रहेको, पहाडी बाटोमा अनुभव नभएकोले दुर्घटना भएको अन्य सवारी चालकहरुले बताएका छन् । प्रहरीले घटनाको विषयमा अनुसन्धान भईरहेको जनाएको छ । बस पल्टिदाँ च्यापिर ३ जना मलामीको मृत्यु भएपछी डोजर९स्काभेटर०प्रयोग गरी शव निकालिएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.