पितृमुक्तिको कामना गर्दै उत्तरगयामा पिण्डदान (तस्बिर)

पितृमुक्तिको कामना गर्दै उत्तरगयामा पिण्डदान (तस्बिर)

नुवाकोट : पौष कृष्ण पक्ष अर्थात् गया औंशीको अवसरमा आफ्ना दिवंगत पितृहरुको मुक्तिको कामना गर्दै नुवाकोट र रसुवाको सीमाना उत्तरगयामा पिण्डदान गर्नेको भीड लागेको छ। चार गयामध्येको उत्तरी महत्वको उत्तरगयामा प्रत्येक वर्षको पौष कृष्ण औंशीमा मेलामय बन्ने गरेको छ। 

धार्मिक तथा ऐतिहासिक महत्वको उत्तरगयामा यस वर्ष १६ हजार बढी भक्तजनद्वारा पिण्डदान गरिएको छ। आइतबार पिण्डदान कार्यमा नुवाकोटका साथै अन्य विभिन्न जिल्लाका तीर्थालुहरुको सहभागिता रहेको थियो। 

नेपाल तथा भारतका विभिन्न क्षेत्रबाट १६ हजारभन्दा बढी मानिसले त्रिशूली, फलाँखु र वेत्रगंगा नदीको त्रिवेणीमा पिण्डदान गरेको उत्तरगयास्थित गोसाइकुण्ड युवा क्लवले जनाएको छ। यो वर्ष गत वर्षको तुलनामा पिण्डदान गर्नेको संख्या बढेको छ। 

तीर्थालुहरुको सुविधाका लागि नदीमा दुर्घटना हुन नदिन चार जना लाइफ गार्डका साथै स्वयम्सेवक र स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो। 

चारधाम जानुपूर्व उत्तरगया जानै पर्ने र त्यहाँ पितृहरुको सम्झनास्वरुप श्राद्ध गरिए पितृ तर्पण हुने जनविस्वासका कारण प्रायः सबैले उत्तरगया पुगेर श्राद्ध गर्ने गरेका छन्।  

नुवाकोट र रसुवाको सीमानामा रहेको उत्तरगयाको महत्त्व छुट्टै रहेको कारण वर्षेनी स्वदेश तथा विदेशबाट पिण्डदान गर्नेको संख्या बढेको उत्तरगयाधाममा पुगेर १५ वर्षदेखि नियमित रुपमा श्राद्ध गर्ने कार्यमा संलग्न पुरोहित दामोदर पौडेलले बताए। उनले अन्य गयाभन्दा उत्तरगयाको महत्व ठुलो रहेका कारण यहाँ आएर श्राद्ध नगरी पिण्डदान गरेको अर्थ नहुने उनले दावी गरे। 

पुसको कठ्याग्रिंदो चिसोमा त्रिशूली नदीमा स्नान गरी पिण्डदान गरेका हुन्।  श्राद्ध गर्न उत्तरगयामा रहेको त्रिशूली, फलाखु र रुद्रगंगा नदीको संगम त्रिवेणीमा दिवंगत पितृहरुको मोक्षको कामना गर्दै लहरै पिण्डदान गरेका हुन्। 

श्राद्ध गर्नेहरु अत्याधिक रहेका कारण श्रद्धालुहरुले सामूहिक रुपमा एकै पटक तीन वा चार समूह बनाएर श्राद्ध गरेका थिए। सगोत्रीहरुले एकैस्थानमा लहरै त्रिशूली नदी किनारामा बसेर सामूहिक रुपमा दिवंगत पितृहरुको सम्झनामा पिण्डदान गरेका थिए। 

उत्तरगया धार्मिक तथा ऐतिहासिक रुपमा निकै महत्वपुर्ण छ। यसले देशका साथै भारत र विश्वमासमेत चिनाइरहेको र चार गयामध्ये निकै महत्वको उत्तरगयामा पुगेर सात पटक आफ्ना पितृका नाममा श्राद्ध गरेको तीर्थालु विष्णुप्रसाद प्याकुरेलले बताए। उनले हिन्दु धर्ममा उत्तरगयाको महत्त्व वर्णन गरेर साध्य नरहेको र अन्य गयाको उत्तरगयासँग तुलानासमेत नहुने बताए।  

उत्तरगणमा श्राद्ध गर्न यस वर्ष १६ हजार पुगेका थिए भने पाँचसय जना पण्डित पुरोहित संलग्न थिए। चारधाम जानुअघि सबैले उत्तरगयामा पुगेर पिण्डदान गरेमात्र मोक्ष हुने कारण सर्वसाधारण वस रिजर्भ गरेर उत्तरगया पुगेर श्राद्ध गर्ने गरेका छन्। 

उत्तरगयालाई अन्तरराष्ट्रिय धाम बनाइनु पर्ने रसुवाको उत्तरगया गापाका अध्यक्ष उपेन्द्र लम्सालले बताए। उत्तरगयाको त्रिवेणी नुवाकोटको गेर्खु, तुप्चे तथा रसुवाको उत्तरगायाको संगमस्थल हो। 

तीर्थालुहरुको सुविधाको लागि खानेपानी, शौचालयका व्यवस्था गरिएको थियो। तीर्थालुले नदीमा बग्न सक्ने भएका कारण सुरक्षाको लागि त्रिशूली नदीमा सुरक्षाघेरा डारी टांग्नुका साथै सुरक्षाकर्मी पनि खटाइएको थियो। 

श्रद्धालुहरुको सुविधाको लागि स्वयंसेवक र उद्धार टोली समेत खटाएको थियो। उत्तरगया काठमाडौंको बालाजु हुँदै ककनी–विदुर हुँदै तथा पृथ्वी राजमार्गको गल्छीबाट देवीघाट–वट्टार हुँदै पुग्न सकिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.