चिसो बढेसँगै खुम्बु सुनसान, अधिकांश स्थानीय चिसो छल्न बाहिर गए

चिसो बढेसँगै खुम्बु सुनसान, अधिकांश स्थानीय चिसो छल्न बाहिर गए

सोलुखुम्बु : विश्वको सर्वोच्च शिखर सगरमाथामा अवस्थित खुम्बु क्षेत्र यतिखेर सुनसान बनेको छ । त्यस क्षेत्रका स्थानीय बासिन्दा जाडो छल्न अन्यत्र गएसँगै खुम्बु क्षेत्र सुनसान बनेको हो । सिजनमा पर्यटकले भरिभराउ हुने लुक्ला, नाम्चे, खुम्जुङ लगायतका क्षेत्रहरु चिसो सुरु भएसँगै एक्लिएको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए ।

यहाँका मानिसहरु चिसो छल्न मंसिर पहिलो साताबाटै काठमाण्डौं, भारतको बोधगयालगायत नेपालका विभिन्न क्षेत्रमा जाने गरेको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । खुम्बुमा मंसिरदेखि सुरु भएको अत्याधिक चिसो करिब फागुनसम्म जारी रहने भएकाले चिसो छल्नका लागि उनीहरु बाहिर जाने गरेका छन् ।

सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार खुम्बु क्षेत्रमा पर्ने गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङ्ला, ठाङ्नाक एवम् थामेलगायतका बासिन्दाहरु पर्यटन सिजन सकिना साथ कार्तिकको अन्तिम साताबाट खुम्बु छोडिसकेका छन् भने त्यसभन्दा तलका बस्तिहरु खुम्जुङ, नाम्चे, लुक्ला लगायतका स्थानीयहरु मंसिरको पहिलो साता बाहिर गएका हुन् ।

यहाँका बासिन्दा जाडो छल्नका लागि धेरैजसो काठमाडौं गएका छन् । स्थानीय फुरी शेर्पाका अनुसार लुक्ला, नाम्चे लगायतका लज सञ्चालकहरुले घरधनी बाहिर जाँदा काम गर्ने मानिसलाई घर जिम्मा लगाएका छन् भने कतिपयले घरमा ताल्चा नै लगाएर जाने गरेका छन् ।

तेञ्जिङ हिलारी विमानस्थल लुक्लाबाट सिधै काठमाडौँसम्म हवाई जहाजको सुविधा भएकाले यस क्षेत्रका अधिकांश स्थानीय बासिन्दाको पहिलो रोजाइ काठमाण्डौं भएको नाम्चेका लामाकाजी शेर्पाले बताए ।

भौगोलिक विकटता एवम् उच्च हिमाली क्षेत्र भएकाले पनि यस भेगका बासिन्दालाई बाह्रै महिना समस्या नै समस्यामा बाँच्नु परेको छ । झनै जाडो महिनामा त यस भेगमा एकैछिन पनि बस्न नसकिने स्थानीयवासीको भनाइ रहेकोछ । मुस्किलले वर्षमा ६ महिनामात्र यस भेगमा बसोबास गर्ने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

कर्मचारीलाई बाध्यता

चिसो छल्न अधिकांश स्थानीयले खुम्बु छोडिसक्दा कर्मचारीहरु भने खुम्बुमै रहेका छन् । स्थानीयबासीले सिजनमा पर्यटन ब्यवसाय गर्ने र चिसोमा काठमाण्डौँ लगायतका क्षेत्रमा गई चिसो छल्ने गर्छन् भने कर्मचारीहरु भने चिसोको प्रवाह नगरि त्यहि बस्न बाध्य छन् ।

सिजनमा पर्यटकले खचाखच हुने खुम्बुमा अहिले मानिसहरुको चहलपहल नै नगन्य मात्रामा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए ।

उनका अनुसार नाम्चे क्षेत्रमा अहिले निकुञ्जका कर्मचारी, प्रहरी लगायतका व्यक्तिहरु मात्रै रहेका छन् । उनीहरुसमेत धेरै समय आगो तापेरै बिताउने गरेको उनको भनाई छ । हिमपातपछि तापक्रम घटेर माईनस ८ डिग्री सम्म पुगेको उपाध्यायले बताए । चिसोले पाइपमै पानी जम्दा तातोपानी तताएर पाइपमा खन्याएपछि मात्रै धारामा पानी आउने गरेको कर्मचारीहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.