भारतीय प्रम मोदीलाई कालो झन्डा देखाउने महिलालाई गोली हानियो, अस्पताल भर्ना

भारतीय प्रम मोदीलाई कालो झन्डा देखाउने महिलालाई गोली हानियो, अस्पताल भर्ना

लखनउ : युपीको सुल्तानपुरमा भारतीय प्रम नरेन्द्र मोदीलाई कालो झन्डा देखाउने महिलालाई गोली हानिएको छ। कालो झन्डा देखाउने रीता यादवलाई अज्ञात व्यक्तिले गोली हानेका हुन्। 

खुट्टामा गोली लागेर घाइते भएकी महिलालाई पहिला सीएचसी लंभुआ अस्पतालमा भर्ना गरिएको थियो। पछि थप उपचारको लागि सुल्तान जिल्ला अस्पताल रिफर गरियो। हाल उनको सोही अस्पतामा उपचार भइरहेको छ। 

सर्कल अफिसर सतीश चंद शुक्लाले पीडितको वयान लिएका छन्। घाइते यादवले मीडियामा दिएको बयानमा आफू ब्यानर बनाउन सुल्तान गएको र त्यहाँबाट घर फर्कने क्रममा हाइवेमा तीनजनाले आफू चढेको बोलेरो ओभरटेक गरेको बताइन्। 

'उनीहरुले गाली गर्दै ज्यान मार्ने धम्की दिएका थिए', उनले भनिन्, 'मेरो ड्राइभरको कन्चटमा बन्दुक राखे। मैले उनीहरुलाई एक झापड हानें त्यसिछि उनीहरुले मलाई गोली हाने। गोली मेरो खुट्टामा लाग्यो।' 

नोभेम्बर १६ मा प्रम मोदी पूर्वान्चल एक्सप्रेस-वे लोकार्पण गर्न जिल्लाको कुरेभार स्थित अरवल किरीमा सभा गरिरहेका थिए। सोही समयमा रीताले उनलाई कालो झन्डा देखाएकी थिइन्। प्रहरीले उनलाई पक्रिएर जेलमा राखेको थियो। दुई दिनपछि मात्र उनले जमानत पाएकी थिइन्।  

घटना भएको १ महिनासम्म उनी समाजवादी पार्टीमा थिइन् । सम्मान नपाएको भन्दै डिसेम्बर १७ मा लखनउ कांग्रेसमा प्रवेश गरिन्। 

सुल्तानपुर में कांग्रेस नेता रीता यादव को गोली मारी गई है। @JPNadda जी, लड़कियों को लड़ने से आपकी पार्टी के जंगलराज में भाड़े के गुंडे रोक रहे हैं।

महिलाओं की साड़ी खींचने वाले कायरों से इसी कायरता की उम्मीद है। बेटियों की एकजुटता से डरे कायर अब बेटियों पर गुंडे छोड़ रहे हैं। pic.twitter.com/Sl7DWLSlFY

— UP Congress (@INCUttarPradesh) January 3, 2022

प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.